सुनछहरीमा बिदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जुनिस कुमार बिष्ट ।रोल्पाको सुनछहरी गाउँपालिकामा बिदा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
गाउँपालिकामा कार्यरत लेखा अधिकृत हिमाल शर्मा र गाउँपालिकामै कार्यरत सब इन्जिनियर हरि कुवरलाई बुधबार गाउँपालिकाले एक कार्यक्रम गरि बिदाई गरेको हो।
बिदाई कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष धनबहादुर पुनले हामी जति धेरै ठाउँ जान्छ उति धेरै ज्ञान् प्राप्त गर्छौ ज्ञान प्राप्त पछी हाम्रो जीवनले पुर्णता पाउछ त्यसैले सरुवा भएर जानू एउटा ज्ञान प्राप्त गर्नु हो।यस्तो अवसरलाई सहज ढङ्गले लिन सरुवा भएर जानुहुने कर्मचारी तथा सबैलाई लाई आग्रह गर्नुभयो । साथै कार्यक्रम समयको बाध्यताले आकस्मिक बिदाइ गर्नुपरेको बिदाई भएर जाने कर्मचारीहरुले गाउँपालिकामा पुर्याउनुभएको योगदानको सधैं स्मरण गर्ने बताउनु भयो । साथै आउदै गरेको बिजयादशमीको शुभकामना समेत व्यक्त गर्नुभएको छ।
यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खड्कालेप्रमुख प्रशासकीय अधिकृत लालसिङ खड्का कर्मचारीको नियमित प्रक्रिया भएको र एक कार्यालय छोडेर अर्को कार्यालय जादा दु:खद त हुन्छ नै तर पनि राष्ट्रियको सेवक भए पछि जहाँ गए पनि उदाहरणीय र राम्रो काम गर्नु पर्ने बताउनुभयो ।

यस्तै बिदाईको क्रममा आफ्नो भनाई राख्दै लेखा अधिकृत हिमाल शर्माले भन्नू भयो “गाउँपालिकाको बसाईकोबिचमा ब्यवहारीक कुरा सिक्न पाएकोले गाउँपालिका प्रति आभारी छु।कामका क्रममा अन्जानका गल्तिहरु भए क्षमा याचना माग्छु।”
यस्तै आफ्नो सुनछहरी गाउँपालिका दोस्रो कार्यालय भएकोले सिक्ने कुराहरु धेरै सिक्ने अवसर प्राप्त भएको यस्तो श्रेय गाउँपालिका परिवारलाई दिनुभएको छ।उहाँले भन्नु भयो ” गाउँपालिकाअध्यक्ष उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत ,शाखा प्रमुखहरु,निवर्तमान जनप्रतिनिधिहरु साथ सहयोग मिलेको र आफ्नो कामको आधारशिला सुनछहरी गाउँपालिका हो।”
कार्यक्रम गाउँपालिका उपाध्यक्ष ननकला घर्तीमगर,सब इन्जिनियर कुवर ले आफ्नो भनाई राख्नुभएको थियो।भने कार्यक्रममा गाउँपालिकाका शाखा प्रमुख,कर्मचारी लगाएतको उपस्तिथि रहेको थियो भने कार्यक्रमको संचालन गाउँपालिका प्रशासन शाखा प्रमुख दयाबहादुर बुढामगरले गर्नुभएको थियो।

You may also like