अखिल नेपाल शिक्षक संगठन थबाङ गाउँ कार्य समिति रोल्पा थबाङ गाउँपालिका शिक्षा शाखालाई ज्ञापन पत्र

अखिल नेपाल शिक्षक संगठन थबाङ गाउँ कार्य समिति रोल्पा थबाङ गाउँपालिका शिक्षा शाखालाई ज्ञापन पत्र


This image has an empty alt attribute; its file name is t1.jpg

रेशम बि.क.
९ पौष, लिबाङ–रोल्पा ।
नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको शिक्षक संगठन अखिल नेपाल शिक्षक संगठन थबाङ गाउँ कार्य समिति रोल्पाद्वारा विभिन्न ८ वुदे मागसहित थबाङ गाउँपालिका शिक्षा शाखालाई बिहीबार ज्ञापन पत्र बुझाएको छ ।
अखिल नेपाल शिक्षक संगठन थबाङ गाउँ कार्य समिति रोल्पाका अध्यक्ष उद्य घर्तीमगर र सचिव निरज वलीको संयुक्त हस्ताक्षर ज्ञापन पत्रमा विद्यालय कर्मचारी र बाल विकास केन्द्रका शिक्षकको तलव भत्ता नेपाल सरकार शिक्षा मन्त्रालय गरेको निर्देश अनुसार भुक्तानी गर्नुपर्ने, गाउँपालिकाभित्रका विद्यालयमा भएका स्वीकृत शिक्षक दरवन्दीको मिलान विद्यार्थी संख्याका अधारमा गर्नुपर्ने, करार शिक्षक छनोटको लागि विषय विशेषज्ञको छनोट विद्यालयलाई गर्न दिनुपर्ने र शिक्षक छनोट प्रक्रियामा हुने अनिमिता तथा अपारदर्शितालाई नियमन र निरीक्षण गरी स्वस्थ र निष्पक्ष बनाउनुपर्ने, थबाङ गाउँपालिकाको शिक्षक महासंघको गठन प्रक्रियामा स्थानीय सरकारको हस्तक्षेप बन्द गर्नुपर्ने ।

साथै शिक्षकहरुलाई स्वतन्त्र ढंगलले महासंघ गठन गर्न दिनुपर्ने, शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्नुुका साथै गाउँपालिकाभित्र सबै विद्यालयहरुलाई सामानुपातिक ढंगले पूर्वाधार विकास गर्न जोड दिनुपर्ने, कुनै पनि विद्यालयको भौतिक, शैक्षिक र व्यवस्थापकीय विकासमा राजनीतिक, भौगोलिक र सामाजिक हिसाबले पूर्वाग्राह गर्ने कार्य तत्काल बन्द गर्नुर्पे, विद्यालयहरुको नियमित अनुगमन गरी त्यहाँको शैक्षिक, भौतिक र व्यवस्थापकीय समस्याको तत्काल समस्या समाधान गर्नुपर्ने, गाउँ शिक्षा समितिको बैठकमा पेशागत शिक्षक संगठनका प्रतिनिधिहरुलाई अनिवार्य सहभागी गराउनुपर्ने र विद्यालयहरुलाई प्रदान गरिने सम्पूर्ण अनुदानको निकासालाई असार मसान्त केन्द्रीत गर्ने पारिपाटी तत्काल बन्द गर्न समयमा नै निकासा दिई सोको निकासा पत्र उपलब्ध गराउनुुपर्ने तथा कार्य प्रगतिको मुल्याङ्कन गर्ने कार्य तत्काल सुरुवात गर्नुपर्ने जस्ता महत्वपूर्ण ८ वुदे माग पत्र सहित गाउँपालिकाको शिक्षा शाखालाई ज्ञापन पत्र बुझाएको अखिल नेपाल शिक्षक संगठन थबाङ गाउँ कार्य समिति रोल्पाका अध्यक्ष उद्य घर्तीमगरले बताउनुभयो । कार्यक्रममा अखिल नेपाल शिक्षक संगठन सदस्य कुल बहादुर वली, अखिल नेपाल शिक्षक संगठन थबाङ रोल्पाका अध्यक्ष उदय घर्ती, उपाध्यक्ष मूलज्योती शाह, सचिव निरज वली, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश गिरि लगायतको सहभागीतामा थबाङ गाउँपालिका शिक्षा शाखालाई ज्ञपान पत्र प्रदान आयोजकले बताएको छ ।

You may also like