सुनिलस्मृति गाउँपालिका–३ डोमफे रोल्पामा लागु औषध सहित एक महिला पक्राउ

सुनिलस्मृति गाउँपालिका–३ डोमफे रोल्पामा लागु औषध सहित एक महिला पक्राउ

This image has an empty alt attribute; its file name is j1.jpg


चन्द्र रोकामगर
२६ मंसिर, सुलिचौर ।
सुनिलस्मृति गाउँपालीका–३ डोमफे रोल्पामा लागु औषध सहित थबाङ गाउँपालिका–४ निबासी एवं सुलिचौरमा व्यवसायी गर्दै आएकी थमकली घर्तीलाई आज इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाले फक्राउ गरेको छ ।
सुनछहरी गाउँपालिका पोबाङबाट सुलिचौर आउँदै गरेको रा १ ज ४०५ नम्बरको जीपमा विशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यलय सुलिचौरको टोलि चेक जाँच थमकली घर्तीको सुलिचौर बजार स्थित पसलबाट प्रहरी पक्राउ गरेको हो । पसलबाट १० कि.लो २३० ग्राम चरेस सहित थमकली घर्तीलाई पक्राउ गरेको प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिनुभयो । चरेस भालुबाङसम्म पु¥याइदिनु भनेर एक बागलुङ घर बताउने व्यक्तिले दिईएको अनुरोध गरेको पक्राउ परेकी घर्तीमगरले भनाइ छ । भालुबाङसम्म पु¥याएपछि केही रकम दिन्छु भनेकोले चरेस लिएको पक्राउ पर्ने घर्तीको बयान छ । घर्ती ठूलो परिमाण सहितको चरेस सहित पक्राउ परेपछि इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाले अनुसन्धानमा सक्रिय बढाएको ईलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताउनुभयो ।

You may also like