सरकार र नीजि व्यवसायीको सहकार्यमा राष्ट्र सुशासन, विकास र समृद्धि हुन्छः प्रमुख कर अधिकृत गोपिकृष्ण कोराइला
११ मंसिर, लिबाङ ।
सरकार र नीजि व्यवसायीको सहकार्य समन्वयमा राष्ट्र सुशासन, विकास र समृद्धि हुने राजश्व कार्यालय तुलसिपुर दाङका कार्यालय प्रमुख कर अधिकृत गोपिकृष्ण कोइरालाले धारणा व्यक्त गर्नभयो ।
उहाँले यस्तो धारणा शनिबार लिबाङ रोल्पामा आयोजित “स्वेच्छिक कर सहभागितामा अभिवृद्धिः सुशासन, विकास र समृद्धि”भन्ने मुल नारा सहित सञ्चलन भएको दशौं राष्ट्रिय कर सप्ताहिक, २०७८ समापन तथा करदाता शिक्षा कार्यक्रम व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो,‘विगतको कर प्रणालीको तुलनामा वर्तमान कर प्रणाली व्यवस्थित हुँदा व्यवसायीहरुलाई सहज वातावरण सिर्जन भएको छ । पछिल्लो समयमा कर अधिकृत भनेको स्वयम व्यवसायी नै हो भने दास्रो कर अधिकृत भनेको आन्तरिक राजश्व कार्यालय हो । स्वयम व्यवसायीले ईमान्दारपुर्वक कर निर्धारण गरेको अवस्थामा करदताले कर विषयमा चिन्ता लिनु पर्दैन । बरू व्यवसायीको चिन्ता लिनुहोस् ।’
उहाँले आर्थिक अनिमितता अन्त्यका लागि नेपाल सरकारले अनलाईन आर्थिक सम्पत्ति विवरण प्रणालीले करदाताहरू कर कार्यालय तुलसिपुर पुग्नु नपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘कार्यालयबाट १ लाख २० हजार करदाताहरूलाई वार्षिक सेवा प्रवाह गरेको छ । तर, कार्यालयमा कार्यालय सहयोगी र डाईभर बाहेक १५ जनाभन्दा बढी कर्मचारी संख्या नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । सोही समस्यालाई नेपाल सरकारले अनलाईन सिस्टम सुरूवात गरेको हो ।’ ‘कर कार्यालयमा बढ्दो विचौलियाहरूको अन्त्यका लागि उद्योग वाणिज्यसंघको सहयोगमा एउटा कर्मचारी व्यवस्था सहित न्युनतम सहायता कक्ष सञ्चालन भएको छ । तर, धेरै व्यवसायीहरू विचौलियाको पछाडि लागेपछि कर कार्यालयको तर्फबाट भन्नु के छ र ? अनेक समस्याबाट व्यवसायीलाई मुक्त हुन अनलाईन सिस्टमको प्रयोगमा ल्याउन म अनुरोध गर्दछु’ उहाँले भन्नुभयो ।
त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि लुङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गा बहादुर खड्का, रोल्पा उँद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बाल कृष्ण सुवेदी, कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका कार्यालय प्रमुख कोष नियन्त्रक हेमन्त प्रकाश आचार्य, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगर लगायतका अतिथिहरुले मनतव्य राख्नुभएको थियो ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय तुलसिपुर दाङका कर अधिकृत टोपेन्द्र थापाले कर शिक्षा सम्बन्धि सहजिकरण गर्नुभएको थियो । जिल्लामा ५० प्रतिशतभन्दा व्यवसायीहरूले व्यवसायी दार्ता नगरी व्यवसायी सञ्चालन गरेको पाईन्छ । कर कार्यालयबाट नियमित अनुगमन गरेर त्यस्ता व्यवसायीलाई रू ५ हजारदेखि रू २५ हजारसम्म जरिवाना हुन सक्ने बताउनुभयो । व्यवसायीहरूको लापरवाहीको कारण आर्थिक कारोबार अव्यवस्थित छ, जसको कारण व्यवसायीहरू मिसम्याचमा पर्नु भएको छ । मिसम्याचको समस्या समाधान गरेको जिल्लाका धेरै व्यवसायी जिरिवानामा परेको हुँदा कति जरिवानामा परेको भनेर उहाँहरूलाई सोध्न उहाँले अनुरोध गर्नुभयो । राजश्व कार्यालय तुलसिपुर दाङको आयोजनामा र रोल्पा उद्योग वाणिज्य संघको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कर सप्ताह मंसिर १ गतेदेखि ७ गतेसम्म मनाईएको थियो । रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व कुमार चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव मिलन रोकामगरले गर्नुभएको थियो भने स्वागत सचिव गणेश घिमिरेले गर्नुभएको थियो ।