नेपाली कांग्रेस रोल्पाको जिल्ला सभापतिमा किशोर कुमार आचार्य विजय

नेपाली कांग्रेस रोल्पाको जिल्ला सभापतिमा किशोर कुमार आचार्य विजय


This image has an empty alt attribute; its file name is k1.jpg

८ मंसिर, लिबाङ ।
नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर कुमार आचार्य निर्वाचित हुनुभएको छ ।
उहाँका प्रतिस्र्पधि मान बहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुनुभएको हो । मंगलबार भएको मतदानपछि उहाँले ५ सय २ मत प्राप्त गर्नुभयो भने खत्रीले ४ सय ४० मत प्राप्त गर्नुभएको हो । कुल १ हजार ४२ मत खसेकोमा ३८ मत बदर भएको थियो । मंगलबार रातिदेखि सुरुवात मत गणनाअनुसार बुधबार दिउँसोसम्म पदाधिकारीको मात्रै नतिजा सार्वजनिक भएको हो । महाधिवेशन प्रतिनिधिको मत गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृत सुर्य वलीले बताउनुभयो । सभापतिमा निर्वाचित आचार्य पौडेल–कोइराला पक्षका हुनुहुन्छ । पराजित खत्री देउवा निकट हुनुहुन्छ । पूर्वमन्त्रीसमेत रहेका यसअघिका जिल्ला सभापति अमरसिंह पुन मगर प्रदेश समितिको सभापतिमा उम्मेदवार भएपछि उहाँले उपसभापति आचार्य सभापति पदमा उम्मेदवार बन्नुभएको थियो । खत्री र आचार्य दुबै सदरमुकामबासी हुनुहुन्छ । खत्री रोल्पा नगरपालिका–१० नं. वडा अध्यक्ष हुनुहुन्छ भने आचार्य उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ । खत्री साविकको धबाङका पूर्वअध्यक्ष समेत हुन् । सभापतिसँगै अन्य पदाधिकारी पनि पौडेल–कोइराला पक्षकाले नै जित हासिल गरेका छन् । उपसभापतिमा हरिबहादुर पुन ५०३ र कविता उपाध्यायले ४७५ मत, सचिव तिलबहादुर बुढाथोकीले ५१३ मत र शेरबहादुर थापाले ४४५ मत, सह–सचिवमा गञ्जबहादुर महरा क्षत्रीले ५५३ मत र सुनीलकुमार वलीले ४७२ मत प्राप्त गरेर विजय हुनुभएका हो ।
पार्टीको क्षेत्रीय अधिवेशन अन्तर्गत प्रदेश क्षेत्र ‘क’ मा पूरै प्यानलमध्ये देउवा पक्षका सभापति दुर्गाबहादुर खड्काले मात्रै विजयी हासिल गर्नुभएको छ भने अन्य पदाधिकारीमा पौडेल–कोइराला पक्षका उम्मेदवारहरुले विजय हुनुभएको छ । उहाँ लुङ्ग्री गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा भने पौडेल–कोइराला पक्षको सिंगै प्यानल विजयी बन्यो । सभापतिमा माडी गाउँपालिका–२ घर्तिगाउँ रोल्पा निबासी गोपाल घर्तीमगर विजय बनेका हुनुभएको छ । उहाँ साविकको घर्तिगाउँ गाउँ विकास समितिका अध्यक्ष समेत हुनुहुन्थ्यो । जिल्लाको दुबै क्षेत्रमा गरी महाधिवेशनका लागि जिल्लाभरि १ हजार ४२ प्रतिनिधिले मतदान गरेको थिए ।

You may also like