ब्रेन ट्युमर पीडित बिसु रोका बुढाथोकीलाई विदेश तथा स्वदेशमा संकलन रकम हस्तान्तरण

५ कार्तिक लिबाङ ।
आर्थिक अभावका कारण ब्रेन ट्युमरको उचारमा समस्या झेल्दै आएका लुङ्ग्री गाउँपालिका–६ रोल्पा निबासी हाल दाङ निबासी बिसु रोका बुढाथोकीलाई विदेश तथा स्वदेशमा सहयोगी मनकारी मनहरुद्वारा संकलित रकम आज हस्तान्तरण गरिएको छ ।
सोही गाउँपालिका निबासी डिवी बुढाथोकी र भिम लिम्बुद्वारा ब्रेन ट्युमर पीडित बुढाथोकीका आफन्तजनलाई रु २ लाख ४० हजार ५४५ रकम हस्तारण गर्नुभएको हो । आर्थिक अवस्था कमजोर भएका कारण ब्रेन ट्युमर पीडित बुढाथोकीले उपचार गर्न नसकेको जानकारी पाएपछि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी शाखाका अध्यक्ष नरेन्द्र जिसी, साउदी शाखाकै जुवेल क्षेत्रीय कमिटीका महासचिव रेग बहादुर बुढाथोकी, कतारबाट जलजला सेवा समाजका निवर्तमान अध्यक्ष, वर्तमान सल्लाहकार लुङ्ग्री गाउँपालिका–६ निबासी शिव बहादुर बुढाथोकी, मलेसियाबाट चोन बहादुर बुढाथोकीको पहलमा सहयोग रकम संकलन भएको हो । साथै गाउँपालिकाका युवाहरुले व्यक्तिगत रुपमा पनि सहयोग रकम संकलन गरिएको थियो । विगत चार महिनादेखि ब्रेन ट्युमर पीडित अहिले पोखराको फेवा सिटी हस्पिटलमा अप्रेसन भए पनि उपचारको लागि अझै केही रकम लाग्ने पीडितका श्रीमान चुम बहादुर बुढाथोकीले बताउनुभयो ।