बालअधिकार समिति पदाधिकारीलाई गुनासो सुनुवाई संयन्त्र सम्बन्धि गोष्ठी

बालअधिकार समिति पदाधिकारीलाई गुनासो सुनुवाई संयन्त्र सम्बन्धि गोष्ठी


This image has an empty alt attribute; its file name is S2-1.jpg

भरत नेपाली
१५ असोज, लिबाङ ।
सुनिलस्मृति गाउँपालिका– ४ नं. वडा बालअधिकार समितिलाई गुनासो सुनुवाई संयन्त्र सम्बन्धि एक दिने कार्यशाला गोष्ठि आज सुलिचौरमा सम्पन्न भएको छ ।

पछिल्लो समय बालबालिकाको शिक्षा क्षेत्रमा प्रभावकारी काम गर्दै आएको वडाले वडा भित्रबाल श्रमको न्युनिकारण गर्ने अभियानमा लागेको छ । गाउँपालिकाले बनाएको बालअधिकार कार्यविधिको आधारमा वडा स्तरीय बालअधिकार समिति गठन गरी वडाभित्र बालबालिकाहरुको संरक्षणका लागि विभिन्न कार्य गर्दै आएको छ । समितिले गरेको कामलाई थप प्रभावकारी बनाउनका लागि बालअधिकार समितिमा बालबालिकाको सवालमा आएका गुनासो सम्बोधन गर्न के–के गर्न सकिन्छ लगायतको विषयवस्तुमा गोष्ठीमा छलफल भएको थियो ।

This image has an empty alt attribute; its file name is S1-1.jpg

विगत केही वर्षदेखि जिल्लामा मानवअधिकार सचेतन केन्द्र(हुरेक) नेपाल रोल्पाले बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । जसले गर्दा यहाँका बालबालिकालाई राहत हुनुका साथै स्थानीयतहलाई समेत सहयोग भएको वडा अध्यक्ष गञ्जबहादुर क्षेत्रीले बताउनुभयो । बताउनुभयो । साथै उहाँले वडामा गुनासो सुनुवाई संयन्त्रको विषयमा छलफल गरी कार्यन्वयन गर्ने र गाउँपालिकामा पनि कार्यविधि तथा निर्देशिका निर्माण गर्नका पहल गर्ने उहाँको भनाइ छ ।

गोष्ठिमा गुनासो सुनुवाई संयन्त्र भनेको के हो, यो कसरी गर्न सकिन्छ, यस्ले के गर्छ, गुनासो सुनुवाई संयन्त्रका फइदाहरू लगायतको विषयमा विश्व शिक्षाका तुल बहादुर बानियाले सहजीकरण गर्नुभएको थियो । गोष्ठीमा वडा बालअधिकार समितिको पदाधिकारी लगायत सरोकारवाला निकायहरू सहित २० जनाको उपस्थिति रहेको थियो । ४ नं. वडा कार्यालय सुलिचौर रोल्पाको समन्वय र मानव अधिकार सचेतन् केन्द्र (हुरेक) नेपाल रोल्पाको सहयोगमा वडा बालअधिकार समिति पदाधिकरीहरुलाई बालबालिकाहरुको सवाललाई प्रभावकारी रुपमा सम्बोधन गर्न सहज बनाउनको लागि गुनासो सुनुवाई संयन्त्र कार्यशाला गोष्ठी आयोजना गरेको आयोजकले बताएको छ ।

You may also like