बालअधिकार समितिलाई गुनासो सुनुवाई संयन्त्र सम्बन्धि गोष्ठी

बालअधिकार समितिलाई गुनासो सुनुवाई संयन्त्र सम्बन्धि गोष्ठी


This image has an empty alt attribute; its file name is jp1-1024x683.jpg

भरत नेपाली
१४ असोज लिबाङ ।
त्रिवेणी गाउँपालिकामा स्थानीय बालअधिकार समितिलाई गुनासो सुनुवाई संयन्त्र सम्बन्धि एक दिने कार्यशाला गोष्ठी बुधार सम्पन्न भएको छ ।
गाउँपालिकाले बालबालिकाको क्षेत्रमा प्रभावकारी काम क्रममा २०७८ साल मंसिर महिनाभित्र गाउँपालिकालाई बालश्रम मुक्तपालिका घोषणा गर्ने योजना तय गरी सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । गाउँपालिकाभित्र हुने सबै प्रकारको बालश्रमको अवस्था पहिचान गर्न ७ वटै वडामा ५ वर्षदेखि १८ वर्षसम्म काबालबालिकाहररुको तथ्याङ्क संकलन गरी बालबालिकाहरुको अवस्था पहिचान गरेको छ । गाउँपालिको सबै वडामा वडा स्तरीय बालअधिकार समिति रहेको र उक्त समितिमा बालबालिकाको सवालमा कुनै गुनासो आएमा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सरोकारवाला निकाय बिच छलफल भएको थियो । ।

This image has an empty alt attribute; its file name is jp2-1-1024x683.jpg

विगतदेखि मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले त्रिवेणी गाउँपालिकामा बालबालिकाको क्षेत्रमा कामगर्दै आएको छ । जसले गर्दा यहाँका बाबालबालिकालाई राहत हुनुका साथै स्थानीयतहलाई बाल अधिकार संरक्षणका लागि सहयोग भएको ५ नं. वडा अध्यक्ष कृष्ण के.सी.ले बताउनुभयो । २ नं. का वडा अध्यक्ष कविराजबुढाले निकट भविश्यमा गाउँपालिकालाई बालश्रम मुक्त गाउँपालिका घोषणा गर्ने तयारीमा जुटेको बताउनुभयो । गाउँपालिकालाई बालश्रम मुक्त बनाउन पहिलेदेखि नै हुरेकले हामीलाई सहयोग गर्दै आएको र अहिले पनि हुरेकले सक्रिय परियोजना गाउँपालिकामा सञ्चालन गरिरहेकाले बालश्रम मुक्त गाउँपालिका घोषणा गर्न र बालबालिकाहररुको सहवालमा गाउँपालिकालाई सहयोग गर्ने अपेक्षा सरोकारवाला निकायहरुको धारणा व्यक्त गरेका थिए । गुनासो सुनुवाई संयन्त्रको सम्बन्धि गोष्ठिले आफुलाई पुर्नताजकिय भएकोले यसलाई गाउँ कार्यपालिकामा छलफल गरी कार्य विधि तथा निर्देशिका बनाइ कार्यन्वयन गर्नुपर्ने सरोकारवाला निकायहरुले जोड दिएका हुन् ।

गोष्ठीमा गुनासो सुनुवाई संयन्त्र सम्बन्धि, कसरी गर्न सकिन्छ, यसले के गर्छ, गुनासो सुनुवाई संयन्त्रका फाइदाहरू लगायतका विषयवस्तुमा विश्व शिक्षाका तुलबहादुर बानियाले सहजीकरण गर्नुभएको थियो । गोष्ठी त्रिवेणी गाउँपालिकाको आयोजना र मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाको सहयोगमा स्थानीय बालअधिकार समिति र वडा बालअधिकार समितिले बालबालिकाहरुको सवाललाई प्रभावकारी रुपमा सम्बोधन गर्न सहज बनाउनको लागि गुनासो सुनुवाई संयन्त्र सम्बन्धि कार्यशाला गोष्ठी आयोजना गरेको आयोजकले बताएको छ । गोष्ठीमा बालअधिकार समितिको पदाधिकरी लगायत सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो । २ नं. वडा अध्यक्ष तथा सामाजिक शाखा संयोजक कविराज बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेम पुनले गर्नुभएको थियो ।

You may also like