आर्थिक संकलन अभियान र भाईहरुको आर्थिक सहयोगमा जुनी पुनको उपचार सफल

आर्थिक संकलन अभियान र भाईहरुको आर्थिक सहयोगमा जुनी पुनको उपचार सफल

१२ असोज, लिबाङ ।

रोल्पा नगरपालिका–९ फाल्जा रोल्पा निबासी जुनी पुनको आर्थिक अवस्था कम्जोरकै कारण महिनौंसम्म उपचार नभएपछि आर्थिक संकलन अभियान र भाइहरुको आर्थिक सहयोगमा उपचार सफल भएको आर्थिक संकलन अभियानको अभियान्ता इन्द्र पाखेमगरले बताउनुभयो ।

पुन २०७७ साल साउनको २ गते घाँस काट्ने क्रममा रुखबाट खसेर खुट्टामा फ्याक्चर भएको अभियान्ता पाखेमगरले जानकारी दिनुभयो । पुनको श्रीमान् अविराम पुनले भन्नुभयो,‘मेरो आर्थिक अवस्था कम्जोर छ । यो अवस्थामा श्रीमतिको खुट्टाको उपचारमा मानसिक तथा आर्थिक तनावमा थिएँ । तर, मेरो आर्थिक अवस्थालाई मध्यनजर गर्दै आर्थिक संकलन अभियान र मेरो सालाहरुको सहयोगबाट मेरो श्रीमतीको उपचार सफल भएको छ ।’ श्रीमतीको पचारमा आर्थिक सहयोगका लागि अभियान सञ्चालन गर्नुहुने अभियान्ताहरू पुर्णसिंङ पुन, इन्द्र पाखेमगर, जुन कुमारी पुन, जित बहादुर पुन, पूर्ण घर्ती, पहलसिंङ पुन मगर सहित आर्थिक सहयोग गर्नुहुने सहयोगीहरुलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is i1.jpg

पुन घाँस काट्ने क्रममा रुखबाट लडेर खुट्टामा फ्याक्चर भएको महिनौं दिनसम्म उपचार रकमको अभावको कारण उपचारमा समस्या भएको थियो । पीडितको आर्थिक समस्यालाई मध्यनजर गर्दै पुर्णसिंङ पुन, इन्द्र पाखे मगर, जुन कुमारी पुन, जित बहादुर पुन, पुर्ण घर्ती, पहलसिंङ पुनको पहलमा पुनको खुट्टाको उपचारको लागि आवश्यक रकम संकलन उद्वेश्य सहित आर्थिक संकलन अभियान सञ्चालन गरेरको अभियान्ता पुर्णसिंङ पुनले जानकारी दिनुभयो । अभियानको क्रममा रु १ लाख ९१ हजार २५ रकम संकलन भएको उहाँले जानकारी दिनुभयो । अभियान सञ्चालन भइरेहेका समयमा जुनी पुनको भाइहरुले आफ्नो दिदिको उपचार खर्चको आवश्यक रकम आफै व्यवस्थापनको जानकारीपछि अभियान रोकिएको अर्का अभियान्ता इन्द्र पाखे मगरले बताउनुभयो । पुनको सुरुमा काठण्डौं ट्रमा अस्पतालमा उपचारपछि थप उपचारका लागि बिएम्बी अस्पतालमा उपचार भएको पाखेमगरले जानकारी दिनुभयो ।

पुनको महिनौं दिनसम्म अस्पतालमा खुट्टा उचपारमा सफल भएपनि एक वर्षसम्म काठमाण्डैमा पुनको भाई बुहारीको कोठामा बसेर अस्पतालले भनेको समयमा खुट्ट जाँच गरेको अभियान्ता पुर्णसिंहले जानकारी दिनुभयो । उहाँले आर्थिक संकलन अभियानबाट रु १ लाख ९२ हजार ०२५ संकलित रकममध्ये एम्बुलेन्स–अटो भाडा रु ४३ हजार ९२०, होटेल खाना खर्च रु ३० हजार, विरामी लग्दाको खर्च रु ३५ हजार २०५ भएको छ भने बाँकी रकम रु ८१ हजार ९ सय पीडित जुनी पुनको बुहारीलाई प्रदान गरेको जानकारी दिनुभयो । पीडित पुनको भाइहरुले आर्थिक संकलन अभियानबाट संकलित रकममा थप रकम थपेर उपचार सफल भएको अभियान्ता इन्द्र पाखेमगरले बताउनुभयो । आर्थिक अभावमा उपचारमा समस्या परेकी जुनी पुनको उपचारमा आर्थिक संकलनमा आर्थिक सहयोग गर्नुहुने सहयोगीहरुलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

You may also like