एकीकृत अखिल नेपाल शिक्षक संगठन रोल्पा नगरपालिका ९ ह्वामा रोल्पाकाे अध्यक्षमा दुर्गा प्रसाद खत्री

एकीकृत अखिल नेपाल शिक्षक संगठन रोल्पा नगरपालिका ९ ह्वामा रोल्पाकाे अध्यक्षमा दुर्गा प्रसाद खत्री


This image has an empty alt attribute; its file name is t1-1.jpg

९ असाेज, लिबाङ–रोल्पा
एकीकृत अखिल नेपाल शिक्षक संगठन रोल्पा नगरपालिका ९ ह्वामाको प्रथम अधिबेशन नि.मा. वि. ह्वामामा शनिबार सम्पन्न भएको छ ।
उक्त भेलाले दुर्गा प्रसाद खत्री को अध्यक्षतामा १७ सदस्यीय वडा समिती समेत गठन गरेको छ, जसमा उपाध्यक्ष रश्मि घर्तीमगर, सचिव सुन्दर सिं घर्ती, सह सचिव मन प्रसाद बुढामगर, कोषाध्यक्ष मन प्रसाद बुढामगर सहित १२ सदस्यीय चयन हुनुभएको छ ।

This image has an empty alt attribute; its file name is t1-1.jpg

भेलाबाट निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला सदस्य तथा ९ नं. इञ्चार्ज मोलङ्ग घर्तीमगर, अतिथि नेकपा (माओवादी केन्द्र ) ९ नं. वडा अध्यक्ष प्रलय रानामगर, नेकपा (माओवादी केन्द्र ) नगर सदस्य नर बहादुर बुढामगरले शुभकामना मन्तव्य राख्नुभएको थियो । भेलामा ९ न वडा ह्वामाका १० वटै विद्यायबाट संगठनमा आबद्ध शिक्षकहरुको उपस्थिति थियो । रोल्पा नगरपालिकाभित्र सबैभन्दा बढी सदस्य ९ नम्बरमै रहेको छन् । नगरमा कुल ६४ शिक्षक मध्य ५८ जना एकीकृत अखिल नेपाल शिक्षक संगठन आवद्व रहेका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन रोल्पा नगरपालिकाका सचिव पुर्ण विक्रम घर्तीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन एकीकृत अखिल नेपाल शिक्षक संगठन रोल्पा नगर सचिवालय सदस्य वीरेन्द्र बुढामगर गर्नुभएको थियो ।

You may also like