वाइसियल नेपाल रोल्पा नगरपालिका ह्वामा रोल्पाको वडा भेला सम्पन्न

वाइसियल नेपाल रोल्पा नगरपालिका ह्वामा रोल्पाको वडा भेला सम्पन्न


This image has an empty alt attribute; its file name is o1-1024x577.jpg

१६ भाद्र, रोल्पा । संसारका (क्रान्तिकारी) युवाहरू एक हौं, माक्र्सवाद–लेलिनवाद–माओवाद–जिन्दावाद’ भन्ने नारा सहित वाइसियल रोल्पा नगरपालिका ९ नं. वडा कमिटी रोल्पाको वडा भेला मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वाइसियल रोल्पा जिल्लाको पुर्व अध्यक्ष सम्मान, विशिष्ट अतिथि वाइसियल रोल्पा जिल्लाका उपाध्यक्ष मोलङ घर्तीमगर, अतिथि रोल्पा नगरपालिका ९ नं. वडा अध्यक्ष मिम बहादुर घर्तीमगर, नेकपा (माओवादी केन्द्र) रोल्पा नगरपालिका ९ नं. वडा ह्वामा कमिटी रोल्पाको प्रयल रानामगर, वाइसियल रोल्पा नगरपालि पुर्व अध्यक्ष प्रकाश डाँगी, एकीकृत अखिल नेपाल शिक्षक संगठ रोल्पा नगरपालिका कमिटी सचिवालय सदस्य वीरेन्द्र बुढामगर, वाइसियल रोल्पा नगरपालिका कमिटी पुर्व सचिव नैनसिंह थापा लगायतका अतिथिहरुले शुभ कामना मनतव्य राख्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is o2-1024x577.jpg

साथै भेलबाट वाइसियल रोल्पा नगरपालिकाका लागि पाँच जनालाई नगर प्रतिनिधि समेत छनोट गरिएको अध्यक्ष पुर्ण बहादुर बुढामगरले जानकारी दिनुभयो । वाइसिलय वडा कमिटीले सोही दिन वडा कार्यालय स्थापना गरेका थियो । पुर्ण बहादुर बुढामगरको अध्यक्षतामा २७ सदस्य वडा कमिटी गठन भएको छ । कार्यक्रममा वाइसियल वडा कमिटीको पुर्व अध्यक्ष अविनाश बि.क.को अध्यक्षताम सम्पन्न कार्यक्रमको सञ्चालन वाइसियल नगर कमिटी पुर्व उपाध्यक्ष लोकेन्द्र सेनले गर्नुभएको थियो भने स्वागत कोषाध्यक्ष ललिता घर्तीमगरले गर्नुभएको थियो ।

You may also like