लुम्बिनी सरकारको मुख्य प्राथमिकता शिक्षा, स्वाथ्य र रोजगार ः मुख्यमन्त्री केसी


रोल्पा समाचारदाता
भाद्र १४, लिबाङ

This image has an empty alt attribute; its file name is sonam-koholpur.jpg

रोल्पा लुम्बिनी सरकारका मुख्यमन्त्री कुल प्रसाद केसी ‘सोनाम’ ले आफ्नो सरकारको मुख्य प्राथमिकता स्वाथ्य र शिक्षा रहेको बताउँदै सोही अनुसार कार्य थालनी गर्दै अगाडि बढेको बताउनुभयो ।
(माओवादी केन्द्र) का लुम्बिनी प्रदेशका सह–ईन्चार्ज समेत रहेका केसीले नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्राणघातक लगायत अन्य रोग लागेकाह?को सर्ब सुलभ उपचार र डिजिटल शिक्षा आफ्नो प्रथमिकतामा रहेको बताउनुभयो ।
उहाँले रोग लागेर कोही पनि मनु पर्ने र गुणस्तरीय शिक्षाबाट कोही पनि बञ्चित हुनपर्ने अवस्था आउन नदिन सरकारले काम सु? गरि सकेको जानकारी दिनुभयो । उहाँले प्राण घातक रोग लागेकाह?को उपचारमा ३ लाख ?पैया सहयोग गर्ने नीतिगत निर्णय भई सकेको पनि जानकारी दिनुभयो ।
यस अघिको लुम्बिनी प्रदेस सरकर नीतीगत भ्रष्टाचारमा चुलुम्म डुबेको बताउदै मुख्यमन्त्री केसीले प्रदेशको सम विकास र शुसासनका लागि जनताले अनुभुत हुने गरि प्रदेश सरकारले काम गर्ने जानकारी दिनुभयो । बिकास र जनताको रोजगार लाई संग संगै जोडनु पर्ने बताउदै मुख्यमन्त्री केसीले यस बर्ष लुम्बिनी प्रदेशमा १० हजार लाई गाउँमै रोजगार दिने गरी काम अगाडी बढाईएको बताए ।
माओवादी केन्द्रका नेता समेत रहेका केसीले जनतासंग जोडीने गरि पार्टीको संरचनामा र पार्टी लाई समाबेसी बनाउने गरि पुर्नसरचना गरिएकाले अवको १ नं पार्टी माओवादी पार्टी हुने धारणा राख्नुभएको थियो । जनयुद्धका घाईते अपाङ्ग र सहिद परिवारको योगदानलाई कदर गर्दै उनिह?को जिबिकोपार्जन हुने गरि सिप र आय मुलक काम अगाडी बढाईन लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि १ दर्जन बढि माओवादी केन्द्र प्रबेश गरेका छन् । कोहलपुर ३ का नारायण भुषाल लगायत १ दर्जन बढि माओवादी केन्द्र प्रबेश गरेको माओावदी केन्द्र कोहलपुरका सचिव बल बहादुर खड्काले जानकारी दिए । कार्यक्रममा माओवादी बाँकेका केन्द्रीय सदस्य तिकल शर्मा हिमाल, बाँके जिल्ला अध्यक्ष आई पि खरेल, प्रदेश कमिटी सदस्यह? प्रकास सुबेदी, नरेन्द्र न्यौपाने, नरेन्द्र पाण्डे, कोहलपुर अध्यक्ष तुलाराज बिष्ट बिहानी लगायतको पनि सहभागिता रहेको थियो ।
मुख्य मन्त्री लाई बुझाईयो बिकासको माग –पत्र
एकिकृत नेकपा माओवादी केन्द्र कोहलपुरले बिकासका आयोजनाह?को लिष्ट मुख्यमन्त्रीलाई बुझाएको छ । मुख्य मन्त्री कुल प्रसाद केसी
‘सोनाम’ लाई माओवादी केन्द्र कोहलपुरका अध्यक्ष तुलाराज बिष्ट ‘बिहानी’ ले आयोजनाह?को लिष्ट बुझाउनुभएको हो ।
लिष्ट बुझाउदै अध्यक्ष बिष्टले तिन प्रदेशकाो संगमको ?पमा रहेको कोहलपुरको बिकासलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । आयोजनाह? सहितको माग पत्र बुझ्दै मुख्य मन्त्री केसीले आफ्नो कार्यकाल भरि उक्त आयोजनाको सु?वात गरिने बताए । उनले केही लाई यसै बर्ष र केही लाई आगमी बर्षको बजेटमा समाबेश गरिने प्रतिबद्धता जनाउनुभयो ।
(माओवादी केन्द्र) कोहलपुरले कोहलपुर नगपालिका भित्रका १५ ओटै वडाका आयोजनालाई लिपीबद्ध गरेर बुझाएको नेकपा कोहलपुरका युवा नेता नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो । आज एक मुष्ट बुझाईएका आयोजना लाई केही दिन भित्र बिभिन्न मन्त्रालयगत ?पमा बुझाईने प्रेस संगठन नेपालका केन्द्रीय सदस्य प्रदीप वाग्ले जानकारी दिनुभयो ।

You may also like