परिवर्तनका लागि साझा प्रयास समूहद्वारा २ जना बेसहाराहरुलाई उद्वार

परिवर्तनका लागि साझा प्रयास समूहद्वारा २ जना बेसहाराहरुलाई उद्वार

This image has an empty alt attribute; its file name is b1-1-1024x485.jpg

रेशम बि‍क १० भाद्र राेल्पा ।
परिवर्तनका लागि साझा प्रयास समूहको समन्वयमा लुङ्ग्री गाउँपालिका ४ नं. वडाका २ जना बेसहाराहरुलाई बिहीबार उद्वार गरेर मानव कल्याण समाज दाङमा पु¥याएको छ । समूह सामाजिक अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

This image has an empty alt attribute; its file name is b3-1024x485.jpg

बेसहाराहरुलाई लालन–पालन, रेखदेख तथा औषधोपचार मानव कल्याण समाज दाङले जिम्मेवारी लिएको समूहको संयोजक भुपनारायण घर्तीमगरले बताउनुभयो । महान मानवीय सेवामा समर्पित मानव कल्याण समाज दाङ र यसका पदाधिकारी, सदस्यहरू तथा सहयोगी सबैलाई उहाँले हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is b2-1024x485.jpg

उक्त कार्यमा सहयोग गर्नुहुने गाउँपालिका अध्यक्ष दुर्गा बहादुर खड्का, वडा अध्यक्ष शिवराम खड्कालाई पनि उहाँले समूहको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । स्वयंम सेवक गर्दै दाङसम्म पुग्नु हुने तथा यस कार्यमा सक्रिय जिम्मेवारी भूमिका निर्वाह गर्नुहुने नारायण खड्का र सहयोग गर्नु हुने खड्क बि.क.लाई पनि उहाँले धन्यवाद दिनुभयो । उद्वार कार्यमा रोल्पादेखि दाङसम्मको गाडी भाडा परिवर्तनका लागि साझा प्रयास समूहले जिम्मा लिएको छ भने यात्रामा आवश्यक खाना नास्ता खर्च नारायण खड्काज्यू लगायत सहयोगीहरुले सहयोगमा मानव कल्याण समाज दाङमा पु¥याएको हो । परिवर्तनका लागि साझा प्रयास समूहको तर्फबाट अधिवक्ता फत्ते प्रचण्ड घर्तिमगरले समन्वय गर्नु भएको थियो । नारायण खड्काको टोलीलाई सुलिचौर बसपार्कमा परिवर्तनकालागि साझा प्रयास समूहको तर्फबाट शालिग्राम सुवेदी, फत्ते प्रचण्ड घर्तीमगर र समूहका संयोजक भुपनारायण घर्तीमगरले विदाई गर्नुभएको थियो । मानवीय सेवाको यस पवित्र कार्यमा सहयोग गर्नु हुने सबै सहयोगी मनहरूलाई समूहको तर्फबाट संयोजक भुपनारायण घर्तीमगरले धन्यवाद सहित भार व्यक्त गर्नुभएको छ ।

You may also like