लुम्बिनी सरकारका मुख्यमन्त्री केसीले विश्वासको मतमा बहुमत लिइ अब मुख्यमन्त्रीमा


मानसिंह विश्वकर्मा
रोल्पा समाचारदता

This image has an empty alt attribute; its file name is sonam-sir-11.jpg


भाद्र ७ रोल्पा÷ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ मत प्राप्त गरेपछि अब मुख्यमन्त्रीमा स्थायित्वमा हुने भएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्यको संख्या जम्मा ८० जना सदस्य संख्या रहेको थियो । उपसभामुख कृष्णी थारु तटस्थ बस्नुभयो । आज भएको विश्वासको मतमा विपक्षमा शून्य मत परेको थियो । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो । प्रदेशसभाका ८० सांसदमध्ये सोमबार मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुँदा ४३ जना प्रदेशसभा सदस्यमात्र उपस्थित थ्एि । मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक भने प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको थियो । त्यसैले विपक्षमा मत नपरेको हो । माओवादी केन्द्र संसदीय दलका कुलप्रसाद केसी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका हुनुभएको थियो । आज प्रदेश सभा सदस्यमा विपक्षहरु आफूले अल्पमतमा रहने भएपछि उपस्थिति नभएको सत्ता गठबन्धनहरुको दावी रहेको छ ।
विश्वासको मत माग्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको आवधिक योजना व्यवहारमा देखिने गरी कार्यान्वयन गर्ने बताउनुभयो । त्यस्तै समृद्ध प्रदेश खुशी जनताको नारा जनताले अनुभूति गर्ने गरी काम गर्ने बताउनुभयो ।
नेकपा एमालेले भने मुख्यमन्त्रीलाई समर्थन गर्ने अजय शाही र विमलाकुमारी खत्री वली आफ्नो दलको सांसद रहेको दावी गरेको छ । एमालेले उनीहरुले दलको ह्वीप नमानेको भन्दै निष्कासनको कारबाही गरी पदमुक्त गर्न प्रदेशसभामा जानकारीसमेत गराएको छ । तर सभामुख पूर्णबहादुर घर्तीले उनीहरु एमाले सांसद रहेको पुष्टि नभएको भन्दै कारबाही गर्न अस्वीकार गरेक गर्नुभएको छ । २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका अजय शाहीले नेकपा एमालेको सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका थिए । त्यस्तै २०७६ सालमा भएको उपनिर्वाचनमा तत्कालिन नेकपाकी उम्मेदवार विमलाकुमारी खत्री वलीले पनि सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेकी थिइन् ।
सोही कारण एमालेले उनीहरु आफ्नो दलको सांसद भएको दावी गरेको छ । तर शाहीले नेकपा एमाले र माओवादी केन्द्र अलग भएपनि आफूले माओवादी केन्द्र रोजेको दावी गर्नुभएको छ ।

You may also like