सुनिलस्मृति गाउँपालिका ३ मिझिङमा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन

सुनिलस्मृति गाउँपालिका ३ मिझिङमा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन
१ भाद्र, रोल्पा ।

This image has an empty alt attribute; its file name is s1-5.jpg


सुनिलस्मृति गाउँपालिका ३ नं. वडा मिझिङमा आज आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन भएको छ ।
गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको प्रमुख आतिथ्यतामा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाट भएको हो । कार्यवाहक वडा अध्यक्ष गिर बहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष वागमती क्षेत्रीनी रहनुभएको थियो । कार्यक्रममा वडा सदस्य लगायत सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

This image has an empty alt attribute; its file name is s2-4.jpg

त्यसैगरि सोही दिनमा सुनिलस्मृति गाउँपालिका ६ नंं. वडामा हजार दिनका गर्भवती महिला तथा कुपोषित २ वर्षमुुनिका बालबालिकाहरुलाई पोषिलो खाना तथा समाग्री समेत गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले वितरण गर्नुभएको छ । वडा अध्यक्ष अर्जुन सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष वागमती क्षेत्रीनी, जनप्रतिनिधि लगायत सरोकारवाला निकयहरुको उपस्थिति रहेको थियो ।

You may also like