रोल्पा अस्पतालमा रक्त सञ्चार सेवा केन्द्र सञ्चालन

रोल्पा अस्पतालमा रक्त सञ्चार सेवा केन्द्र सञ्चालन


साउन ८ गते । नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाले रोल्पा अस्पताल रेउघा, रोल्पासँगको समन्वयमा रेउघामा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रको आज लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुनले उद्घाटन गर्नुभएको छ । विरामी र विरामीका आफन्तजनहरुलाई केन्द्र सञ्चालनले रगत व्यवस्थापनमा सहयोग पुग्ने भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुनले रक्त सञ्चार सेवा केन्द्र सञ्चालनले रोल्पा अस्पताल र जिल्लामाथि विश्वासको वातावरण सिर्जना भएको बताउनुभयो । अस्पतालले आगामी दिनमा सेवा सुविधाको भवन, विशेषज्ञ सहितको सेवा, आईस्यु, अक्सिजन प्लान्ट जस्ता सेवा सुविधाले विरामीहरुको उपचारमा सहज वातावरण सिर्जना गर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । विश्वास जगाएको छ । रक्त सञ्चार सेवालाई दीर्घकालीन सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखालाई अक्षय कोष स्थापना सम्बन्धि नीति विधान तय गरेपछि अक्षय कोष स्थापनका लागि व्यक्तिगत र संस्थागत रुपमा विशेष पहल गर्ने प्रमुख अतिथि पुनमगरले प्रतिवद्वता समेत व्यक्त गर्नुभयो । आगामी दिनमा सम्बन्धित निकायले रगतको व्यवस्थापनका लागि विभिन्न पार्टी निकटका युवा संगठन, विद्यार्थी संगठन, महिला संगठन लगायन सरोकारवाला निकायहरुसँग समन्वय गरि रगत व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यक उहाँले औल्याउनुभयो । उहाँले रेउघा अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापनामा आर्थिक रुपमा जिल्लाका १० वटा स्थानीय तहहरुले जिम्मेवारी भूमिकालाई प्रशंसा गर्दै आगामी दिनमा पनि केन्द्रलाई दीर्घकालीन रुपमा सञ्चालनका लागि पनि जिम्मेवारीमा ध्यान पु¥याउन अनुरोध गर्नुभयो । प्रमुख अतिथि पुनमगरले जिल्लामा रगतको अभाव पूर्ति गर्ने विनोद डाँगी नेतृत्वका युवाहरुको समूह ‘ब्लड फर रोल्पा’, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा र स्वास्थ्यकर्मी, कर्मचारीहरुले विरामीलाई आवश्यक रगत उपलब्ध गराउने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि रक्तदानमा पनि सहयोगी भूमिका निर्वाह गर्न अनुरोध गर्नुभयो ।
त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि जिल्ला समन्वय समिति रोल्पाको कार्यबाहक प्रमुख कर्मलाल परियारले जिल्लामा रक्त सञ्चार नहुँदा जिल्लाबासीले रगतको अभावमा जीवन गुमाउनुपर्ने बाध्यत्मक अवस्था थियो तर, रोल्पा अस्पताल रेउघामा सञ्चालित रक्त सञ्चार सेवा केन्द्र सञ्चालनले जिल्लाबासीहरु रगतको अभावमा जीवन गुमाउनुपर्ने बाध्यत्मक अवस्थाबाट मुक्त भएको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाले मानवीय सेवा तथा विपद् व्यवस्थापन सँगसँगै विपद् पीडितहरुको उद्वार तथा राहात वितरणमा सक्रिय भूमिकाप्रति उहाँले भन्यवाद व्यक्त गर्दै आगामी दिनमा सक्रिय भूमिका निर्वाह गर्नेपर्ने जोड दिनुभयो । रक्त सञ्चार केन्द्रलाई दीर्घकालीन सञ्चालनको लागि आगामि दिनमा पनि जिल्ला समन्वय समितिले विशेष पहल गर्ने प्रतिवद्दता विशिष्ट अतिथि कर्मलाल परियारले व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा (एमाले) रोल्पा जिल्लाको संयोजक एवम् रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढा, नेपाली कांग्रेस पार्टि रोल्पा जिल्ला प्रतिनिधि कविता उपाध्याय, नेकपा (माओवादी केन्द्र)रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती, जिल्लाको १० वटा स्थानीय तहहरूको प्रतिनिधि सहित रोल्पा नगरपालिका नगर प्रमुख पुर्ण के.सी, प्रमुख जिल्ला अधिकारि नवराज सापकोटा, रोल्पा अस्पताल रेउघा विकास समितिको अध्यक्ष फविन्द्र आचार्य, नेपाल रेडक्रस सोसाईटी रोल्पा जिल्ला शाखाका निर्वतमान सभपति एव्म निवर्तमान केन्द्रीय सदस्य नौलसिह पुन, गैर सरकारि संस्था रोल्पाका अध्यक्ष घनश्याम आचार्य, रोल्पा उद्योग वाणियज्य उपाध्यक्ष केशव कुमार आचार्य कार्य समितिको बैठकबाट एकमुष्ट आर्थिक सहयोग गर्ने, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको अध्यक्ष नविन लोचन मगरले शुभकामना मनतव्य राख्नुभएको थियो ।
कार्यक्रममा रोल्पा नगरपालिका पुर्ण के.सी.ले शुभकामना मनतव्य राख्दै रक्त सञ्चार सेवा सञ्चालन रोल्पा नगरपालिका सहित १० वटा स्थानीयतहरुले सक्दो आर्थिक सहयोग गरेको बताउनुभयो । आगामी दिनमा पनि केन्द्र सञ्चालनका लागि आवश्यक वजेट विनियोजनका लागि आवश्यक नीति तथा कार्यहरु समेत तय गरेको बताउनुभयो । साथै प्रमुख जिल्ला अधिकारीले रक्त सञ्चार सेवा सञ्चालनका लागि रु २० हजार नगद आर्थिक सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ भने रोल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष केशव कुमार आचार्यले पनि कार्य समितिको बैठकबसी रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको थियो । सरकारले निःशुल्क ब्लड लिने प्रावधानको कारण ब्लड प्रयोग वाफत तिर्नुपर्ने रु ९ सय रुपैयाँ सरकारले तिरिदिने र रगत प्रयोग कर्ताले निःशुल्क पाउने व्यवस्था गरिएको छ भने रगत प्रयोग नगरेमा रक्त दाताको क्रम म्याचिङका लागि लाग्ने रु ३५० रुपैयाँ भने बिरामीले व्यहोर्नुपर्नेछ । साथै कुनैपनि व्यक्तिले रगत समूह जाँच गर्नु परेमा रु ५० रुपैयाँ शुल्क निर्धारण गरिएको रोल्पा जिल्ला शाखाले बताएको छ । रेउघा अस्पतालमा आगामी भदौको पहिलो सातादेखि विशेषज्ञ सेवा दिने भएकाले धेरै मात्रामा रगत चाहिनसक्ने भएकोले सोही अनुसार रगतको व्यवस्थापनमा सम्बन्धित निकाय सक्रिय बनेको हो । नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाका सभापति डी.वी. घर्तीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मन्त्री अमर घर्तीमगरले गर्नुभएको थियो भने स्वागत उप सभापति टिका बुढाले गर्नुभएको थियो ।

You may also like