तेक्वान्दो सेल्फ डिफेन्स राष्ट्रिय अनलाइन प्रतियोगितामा प्रदेश एक च्याम्पियन

तेक्वान्दो सेल्फ डिफेन्स राष्ट्रिय अनलाइन प्रतियोगितामा प्रदेश एक च्याम्पियन
२५ असार लिबाङ ।

This image has an empty alt attribute; its file name is bi.jpg


तेक्वान्दो सेल्फ डिफेन्स राष्ट्रिय अनलाइन प्रतियोगिता आज सम्पन्न भएको छ । रोल्पा तेक्वान्दो आई.टि.एफ. संघको आयोजनामा विभिन्न स्तरको प्रतियोगिताहरु समेत सम्पन्न भएका छन् ।
रोल्पा आई.टि.एफ. संघको आयोजनामा सम्पन्न तेक्वान्दो सेल्फ डिफेन्स राष्ट्रिय अनलाइन प्रतियोगितामा प्रदेश नं. १ च्याम्पियन भएको छ । प्रतियोगितामा लुम्बिनी प्रदेश द्वितीय, आयोजक रोल्पा तृतीय भएको रोल्पा आई.टि.एफ. संघका सचिव कृष्ण बाठामगरले बताउनुभयो । प्रतियोगितामा प्रथम पुरस्कार रु १२ हजार, द्वितीय पुरस्कार रु ९ हजार र तृतीय पुरस्कार रु ६ हजार सहित प्रमाण पत्रको आयोजकले व्यवस्था गरेको सचिव बाठामगरले जानकारी दिनुभयो ।

You may also like