नेपाली कांग्रेस रोल्पाले कोभिड संक्रमितलाई निःशुल्क पौष्टिक आहार कार्यक्रम


रोल्पा समाचारदाता

जेठ २५ राेल्पा

This image has an empty alt attribute; its file name is nasta.jpg

रोल्पा– नेपाल सरकारका पूर्व राज्यमन्त्री एवम् नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनको पहलमा नेपाली काँग्रेस रोल्पाले रोल्पा अस्पतालमा कोभिड संक्रमितका लागि निःशुल्क पौष्टिक आहार कार्यक्रम सुरु गरेको छ । नेपाली कांग्रेस रोल्पाकी प्रवक्ता कविता उपाध्यायको उपस्थितिमा आज कार्यक्रमको सुरुवात गरेको हो ।
कार्यक्रमको शुभाराम्भ गर्दै प्रवक्ता उपाध्यायले कोभिडका संक्रमितलाई केही भएपनि राहत होस् भन्ने अभिप्रायले कार्यक्रम सुरुवात गरेको बताउनु भयो । रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शब्भु काफ्लेले खाजा कार्यक्रमबाट बिरामीलाई प्रत्यक्ष लाभ हुने बताउदै खुशी ब्यक्त गर्नुभयो । संक्रमितका लागी बिहान साझ अस्पतालले निःशुल्क खानाको व्यवस्थापन गरे पनि आर्थिक अवस्था कम्जोर हुने बिरामीका लागि पौष्टिक आहार व्यवस्थापनले थप मद्दत पुग्ने कांग्रेस रोल्पाले विश्वास लिएको छ । पूर्व राज्यमन्त्री एवम् सभापति पुनले कांग्रेसले आफ्नै खर्चमा कोभिड बिरामीहरूका पौष्टिक आहार कार्यक्रम सुरु गरेको बताउदै कोभिडको नियन्त्रण र व्यवस्थापनमा सबै तह तप्काका सरोकारवालाहरूलाई सहयोगको लागि हातेमालो गर्न अपिल गर्नु भएको छ ।
विश्वब्यापी महामारीबाट देशले स्वाथ्य संकट खेपिरहेको र यो समस्या सबैको साझा समस्या भएको हुँदा सबैले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्नेमा पुनको जोड छ । अस्पतालका निमित्त प्रमुख डा. प्रकाश बुढाले रोल्पामा नयाँ कार्यक्रमको सुरुवात गरेकोमा धन्यवाद दिदै कार्यक्रमको दीगोपनमा ध्यान दिन अनुरोध गर्नु भएको छ । दैनिक फरक फरक किसिमको पौष्टिक आहारको व्यवस्थापन गरिएको जनाइएको छ । नेविसंघ रोल्पाका नेता योगेन्द्र अनुपम जि.सी. सहजीकरणमा भएको कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय सदस्य एवम् अधिवक्ता दामु मर्सिफूल, अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगी, तरुण दलका नेता तिलक केसी लगायतको सहभागिता रहेको थियो ।

You may also like