पूर्व ऊर्जा मन्त्री वर्षमान पुनको पहलमा पठाएको सामान रोल्पामा हस्तातरण


मानसिंह विश्वकर्मा
जेठ ११ जेठ

This image has an empty alt attribute; its file name is bastrsman-1024x724.jpg


पूर्व ऊर्जा मन्त्री एवं रोल्पा जिल्लाका प्रतिनिधि सभा सदस्य, माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनको विशेष पहलमा रोल्पा जिल्लामा ७६ वटा अक्सिजन सिलिण्डर आई पुगेको छ । जिल्लामा कोरोनाको संक्रमण तिव्र रुपमा बढिरहेको बेलामा स्थानीयतहको समन्वयमा अक्सिजन सिलिण्डर पठाउनुभएको हो । सो अक्सिजन सिलिण्डर प्रदेश सभा सदस्य एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगरले हस्तातरण गर्नु हुने कार्यक्रम रहेको छ ।
रोल्पा जिल्लामा बढ्दो कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै थप ७६ अक्सिजन सिलिन्डर पठाईएको छ । रोल्पा अस्पताल र रोल्पा जिल्लाका ६ वटा स्थानीयले माग गरेपछि पूर्व ऊर्जा मन्त्री वर्षमान पुनको विशेष पहलमा रोल्पा जिल्लमा पठाएको छ । माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले जिल्लाको आवश्यकतालाई मध्यनजर गर्दै संकटको बेलामा पनि विभिन्न स्थानमा खोजी गरी पठाउनुभएको हो । उहाँले भन्नुभयोः–“यो महामारीको अक्सीजन शिलिण्डर अभाग छ कुनै उद्योग, व्यापारीसँग पनि पाइन आज भन्न र खोज्न लागेको धेरै दिन पछि रोल्पा पुगेको छ, यसबाट रोल्पाली जनताको जीवन बचाउन सकिनेछ । आगामी दिनमा पन िपहल जारी रहनेछ ।
हस्तारण कार्यक्रममा माननीय प्रदेश सभा सदस्यले यो बेला महामारी विरुद्धको लडाईमा एक भएर लड्नका लागि अनुरोध गर्नुभयो छ । उहाँले रोल्पा जिल्लाका सबैला सचेततापूर्वक सामाना गर्नका लागि अनुरोध गर्नुभयो । आफ्नो पार्टी नेता र आफूहरुले निरन्तर पहल गरिरहेको बताउनुभयो । आगामी दिनमा पनि रोल्पाली जाका लागि निरन्तर सेव गर्ने कतव्र्य रहेको बताउनुभयो ।
यसरी पठाइएका सिलिन्डर कोरोनाका विरामीको चाप हेरेर जिल्लाका विभिन्न स्थानमा वितरण गरिने नेता पुनको सचिवालयका सन्तोष पुनमगरले जानकारी दिनुभएको छ ।
माओवादी केन्द्रका नेता वर्षमान पुनमगरका अनुसार जिल्ला अस्पताल रोल्पामा १८ थान अक्सिजन सिलिन्डर । १. थवाङ गाउँपालिकामा १० थान अक्सिजन सिलिन्डर, २. परिवर्तन गाउँपालिका मा १० थान अक्सिजन सिलिन्डर, ३. गंगादेव गाउँपालिका मा १० थान अक्सिजन सिलिन्डर ४. माडी गाउँपालिका मा १० थान अक्सिजन सिलिन्डर ५. सुनिलस्मृति गाउँपालिकामा ८ थान अक्सिजन सिलिन्डर (१०केजीको) एम्बुलेन्स मा राख्न मिल्न्ने ।, ६. लुँग्री गाउँपालिकामा १० थान अक्सिजन सिलिन्डर ।
रोल्पा नगरपालिका सहित ३ गाउँपालिका, त्रिवेणी गाउँपालिका, रुन्टीगढी गाउँपालिका र सुनछहरी गाउँपालिकाले अहिले आवश्यक नभएको जानकारी गराएका त्यहाँ नपठाईएको सचिवालयले बताएको छ । रोल्पा जिल्लमा अक्सीजनको आपुर्ती सहज बन्दै गएपछि जिल्लाबासी एवं सरोकारवालाहरु खुशी भएका छन् । पूर्व ऊर्जामन्त्री पुनले यसअघि पहिलो चरणमा पनि जिल्लाका लागि आवश्यक स्वास्थ्य सामाग्री पठाउदै आएका थिए ।

You may also like