पुनले पठाएको एन्टिजेन किट रोल्पा अस्पताललाई हस्तान्तरण


रोल्पा समाचारदाता
जेठ ९ लिबाङ

This image has an empty alt attribute; its file name is amarisng-pur.jpg


नेपाल सरकारका पूर्व राज्यमन्त्री एवम् नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनको पहलमा नेपाली काँग्रेस रोल्पाले एकसय थान एन्टिजेन किट आइतबार रोल्पा अस्पताललाई हस्तान्तरण गरेको छ ।
नेपाली काँग्रेस रोल्पाका पार्टी प्रवक्ता कविता उपाध्यायले अस्पताल विकास समिति रोल्पाका अध्यक्ष फबिन्द्र आचार्य, रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढा र स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोख्रेललाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।
किट ग्रहण गर्दै समितिका अध्यक्ष आचार्यले हालको विषम परिस्थितिमा प्राप्त किटले एकसय जना रोल्पालीको परीक्षणमा थप सहयोग पुग्ने बताउदै खुशी ब्यक्त गर्नुभयो । साथै उहाँले नेपाली काँग्रेस र सभापति पुनलाई धन्यवाद ज्ञापन गर्दै थप सहयोगको अपेक्षा गरेको समेत बताउनु भयो ।
कोरोना भाइरसले मुलुक आक्रान्त भइरहेका बेला रोल्पामा स्वास्थ्य सामग्रीको चरम अभाव भएपछि पुनले शनिबार एक सय थान किट उपलब्ध गराउनु भएको हो ।
सरकारले अन्य जिल्लालाई हजारौं किट उपलव्ध गराइरहँदा रोल्पालाई चरम अभाव भैरहनु दुःखद पक्ष भएको पुनले बताउनु भएको छ । यसरी सरकारले लिएको विभेदकारी नीतिले सरकारको आँखा खुलोस भनी नेपाली काँग्रेस रोल्पाले किट उपलव्ध गराएको समेत उहाँले बताउनु भयो । रोल्पामा पनि मानव बस्ती छ र त्यहाँपनि संक्रमितहरु छन् भन्ने कुरामा सरकारको दृष्टि पुगोस् भनी संकेत गर्न किट उपलव्ध गराएको नेता पुनले बताउनु भयो ।
विश्वब्यापी महामारीबाट देशले स्वाथ्य संकट खेपिरहेको र यो समस्या सबैको साझा समस्या भएकोहुँदा सबैले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्नेमा पुनको जोड छ ।

You may also like