रोल्पामा अक्सीजन प्लान्ट जडानका लागि नेताहरुकाे सामूहिक पहल


मानसिंह विश्वकर्मा
जेठ ९ रोल्पा

This image has an empty alt attribute; its file name is oxjin-pln.jpg


कोरोनाको भाइरसको महामारी तिव्र रुपमा बढिरहेको बेलामा विरामीहरुलाई अति आवश्यक पर्ने अक्सीजनको अभाव हुन नदिन रोल्पा र पूर्वी रुकुमका जनप्रतिनिधीहरु संयुक्त रुपमा रोल्पा अस्पताल रेउघामा अक्सिजन प्लान्ट जडानका लागि पहल भइरहेको छ । रोल्पा अस्पतालमा जडान भएपछि कोरोनाको महामारी र अन्य बेलामा पनि रोल्पा र पूर्वी रुकुमका जनतालाई सेवा सहज हुने भएको छ भने अन्य समयमा पनि विरामीहरुले अक्सीजन अभावमा जीवन गुमाउनु पर्ने बाध्यताबाट मुक्त हुनेछन् ।


रोल्पाका र पूर्वी रुकुमका अस्पताल एवं स्वास्थ्य सँस्थाहरुमा अक्सीजनको सहज आपुर्ति गरी नागरिकलाई सेवा प्रदानका लागि भौगलिक रुपमा सेन्टर र हाल रोल्पा, पूर्वी रुकुमका कतिपय संरचनाहरु पनि रोल्पाबाटै सञ्चालित भएको कारणले रोल्पामा गर्न उपयुक्त रहेको विज्ञहरुको भनाई छ । रोल्पाका १० वटा स्थानीयतह र रुकुमका ३ वटा स्थानीयतलाई पायक पर्ने गरी रोल्पा अस्पतालमा जडान गर्नका लागि पहल भइरहेको प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगरले बताउनुभयो । उहाँले रोल्पा जिल्ला अस्पतामा जडान भएमा महामारी एवं अन्य बेला पनि अक्सिजनको आपुर्ति गर्न सहज हुने बताउनुभयो ।
यस विषयमा रोल्पा जिल्लाका संघीय साँसद एवं पूर्व ऊर्जा मन्त्री वर्षमान पुनमगरले रोल्पामा अक्सिजन पलानका लागि केन्द्र सरकारसँग छलफल भइरहेको सो योजनालाई प्रदेश र रोल्पा जिल्लाका स्थानीयतहको समन्वयमा भए पनि सम्पन्न गरिने बताउनुभयो । रोल्पा अस्पताल विकास समितिले निर्णय गरि पठाएको त्यस विषयमा सहकार्य एवं समन्वय आफूले गरि रहेको बताउनुभयो ।
रोल्पा जिल्लामा अक्सिजन प्लान जडानको बारेमा लुम्बिनी प्रदेशका अर्थ एवं योजना मन्त्री बैद्यनाथ चौधरीले शास्थ्य शाखालाई तयारीका लागि जानकारी दिएको बताउनुभयो । लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद गिरीले रोल्पालाई प्राथमिकताको जिल्ला राखेर केन्द्रमा सिफारिस गरि सकेको बताउँदै त्यसका लागि रोल्पा र पूर्वी रुकुमका नेतृत्वहरु निरन्तर रुपमा लाग्नु पर्ने बताउनुभयो ।


पूर्वी रुकुम र रोल्पाका लागि व्यवस्थापन गर्नका लागि रोल्पा स्वास्थ्य कार्याल र रोल्पा अस्पतालबाट निर्णय गरी पठाइएको अस्पताल विकास समितका अध्यक्ष फविन्द्र आचार्यले बताउनुभयो ।
रोल्पा जिल्लामा अक्सिजन प्लान्ट निर्माण भएपछि रोल्पा जिल्ला जनप्रतिनिधिको पनि अभिभावकत्व प्रदान, रोल्पाका स्वास्थ्य संस्था एवं स्ववास्थ्य कर्मीहरुलाई पनि सजिलो र विरामीहरुलाई पनि अक्सीजनको अभावमा जीवन गुमाउनु पर्ने बाध्यताबाट मुक्ति पाउनेछन् ।

You may also like