कोरोनाबाट बचाउनको लागि युवा क्लवको सचेतना अभियान


जुनिस कुमार विष्ट
जेठ २ रोल्पा

This image has an empty alt attribute; its file name is thabang-yougha.jpg


‘ कोरोनाबाट आ–आफ्नो गाउँमा आफै सजक हौं, आफू पनि बाचौ अरुलाई पनि बचाऔ भन्ने उद्देश्यका साथ जन्तरे युवा क्लब थबाङ गाउँपालिका वडा नम्बर ४ तेलखोला उवाको आयोजनामा कोरोना भाइरस कोभिड–१९ सम्बन्धि जनचेतनामूलक प्रचारप्रसार सम्पन्न गरेको छ ।
थबाङ गाउँपालिका वडा नम्बर ४ साविक उवाको वडा नम्बर ७ को तेलखोला, नयाँ गाउँ र घोराबाङमा क्लबका पदाधिकारी, जनप्रतिनिधि र बुद्धिजीवीको संयुक्त टोलीले प्रचारप्रसार गरेको क्लबका सचिव जुनरास घर्तीमगरले जानकारी दिनु भयो।
साथै वडा नम्बर ४ र वडा नम्बर ५ उवा भन्दा बाहिर पनि नजान र बाहिरबाट आउने मान्छेहरुलाई अनिवार्य १० दिन होम क्वारेन्टाइनमा राख्ने निर्णय समेत गरेको सचिव घर्तीमगरले बताउनु भयो।
साथै क्लबले गाउँघरमा सरसफाइलाई पनि विशेष प्राथमिकता दिएको छ।गाउँघरमा अनिवार्य सरसफाइ गर्न गाउँवासीलाई अनुरोध समेत गरिएको सचिव घर्तीको भनाई छ ।

You may also like