क्रान्तिकारीहरुका लागि जेल क्रान्तिको मोर्चा होः नेता प्रताव


मानसिंह विश्वकर्मा
जेठ २ रोल्पा

This image has an empty alt attribute; its file name is partap-1024x473.jpg


नेपाल कम्युनिष्ट पार्टीका नेता जयप्रकाश रोकाले जेल पनि क्रान्तिको एउटा मोर्चा भएकाले बहादुरी पूर्वक जेल जीवन विताएको अनुभूति व्यक्त गर्नुभएको छ ।
नेत्र विक्रम चन्द (विप्लब) निकट नेपाल कम्युनिष्ट पार्टीका नेता जयप्रकाश रोकाले २ वर्षको जेल जीवतबाट मुक्त भएपछि रोल समाचार अनलाइनसंग कुरा गर्दै भन्नुभयो ः–“क्रान्तिकारीहरुको लागि क्रान्तिको मार्चा जेल जीवन पनि हो, हामीले पूरा क्रान्तिकाका लागि सबै गर्नु पर्दछ । हामीले त्यही भूमिका पूरा गरेका छाँै । आगामी दिनमापनि सधै देश, जनता र क्रान्तिको पक्षमा काम गरिने प्रतिवद्धता व्यत्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is ani-1024x473.jpg


जेलजीवन विताउनका लागि सहयोग गर्ने सबैलाइ धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि पनि सामाजिक परिवर्तन र जनताको युद्ध जारी नै रहेको प्रतिक्रिया दिनुभएको छ ।
२०७६ साल जेठ २ गते नै जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको लुुंग्री १ पाङबाट तत्कालीन व्यूरो सदस्य जयप्रकाश रोका ‘प्रताव’, जिल्ला समिति सदस्य धनबहादुर खत्री ‘टाइगर’ र भुपेन्द्र खड्कालाई गिरीफ्तार गरि लिएको थियो । उहाँहरुलाई नेकपाको राजनीतिमै लागेको कारणले पक्राउ गरी विभिन्न मुद्धाहरु लगाइएको थियो ।
नेताहरु रोल्पा जिल्ला कारागार कार्यालयबाट रिहाई भएपछि नेकपा रोल्पाका सेक्रटरी शोभाराम राना, नेता टिकाराम नेपाली, लालबहादुर सुनार लगायतले स्वागत गरेका थिए ।

You may also like