रोल्पा त्रिबेणिका अग्निपिडितलाई २५ लाख बढिको राहत प्रदान


राेल्पा समचारदाता

राेल्पा , ३१ बैशाख

This image has an empty alt attribute; its file name is rahat.jpg


रोल्पा, त्रिबेणी गाउँपालिका वडा नं. २, ३ र ६ का ३६ घरधुरी अग्निपीडितहरुलाई बिहिबार एक कार्यक्रममा बिच २५ लाख ४० हजार ४ सय ४८ बराबरको राहत रकम प्रदान गरिएको छ ।
नुवागाउँका अग्निपीडितहरुलाई सामग्रीसहितको सुरक्षित बाकस, बस्नका लागि तार्पुलिन टेन्ट, बेड बिस्तारा र लत्ताकपडाहरु भाडाकुडा, लगाउने कपडाहरु, बिद्यार्थीहरुलाई कापी कलमसहितको झोला र नगद प्रदान गरिएको थियो ।
रोटेरी क्लब अफ महाबौद्व पाटन, रोटेरी ईन्टरनेशनल ३२९२ नेपाल–भुटान, रोटेरी क्लब अफ दरबारमार्ग काठमाडौ, रोटेरी क्लब अफ काठमाडौ मेट्रो, रोटेरी क्लब अफ ब्रान्चबर्ग अमेरिका र रोटरी क्लब अफ महाबौद्वको संयुक्त आयोजना माईक्रो क्रेडिट प्रोग्राम, रोटेरी क्लब अफ विक्वर्ड ईङ्ल्याण्ड, लुथरन वरल्ड रिलिफ, राप्ती समाज युके, गोरखा ग्रुप प्रा.ली. त्यसका ७ वटा शाखाहरु, गोर्खा पब्लिक हस्पिटल प्रालि कन्क्वेरिङ ड्रिम्स, मगर समाज सेवा केन्द्र नेपाल र प्रेनिश पुवा अल्लो धागो तथा तयारी पोशाक उद्योग घोराहीले नगद तथा जिन्सि सामानहरु राहत स्वरुप प्रदान गरेको अग्निपिडित सहयोग समिति रोल्पा–काठमाडौकी सह–संयोजक ईश्वरी जिएमले जानकारी दिनुभयो । ३६ घरधुरि पीडितलाई राप्ती समाज युकेले पठाएको प्रतिघर १५ हजार नगद र जिन्सि गरि प्रतिघर ७० हजार ५ सय ६८ रुपैयाँ बराबरको राहत दिईएको छ । दाङको गोर्खा पब्लिक हस्पिटलले निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेर पीडितलाई स्वास्थ्य सेवा पनि दिईएको छ ।
गोर्खा ग्रुप र रिडि गु्ररुपका अध्यक्ष तथा अग्निपीडित सहयोग समिति रोल्पा काठमाडौका संयोजक मान बहादुर बुढामगर, सहयोग समितिका सह संयोजक तथा राप्ती समाज युकेका सह–कोषाध्यक्ष, समाजसेबि हरि बुढामगरको विशेष पहलकदमिमा विभिन्न संघ संस्थाले सहयोग गरेका हुन् ।
आगलागिपछि अर्काको घरमा आश्रय लिएर बसेका अग्निपीडितहरु बस्ने टेन्टसहित आबश्यक सबै सामग्रीहरु पाएपछि निकै खुशी भएका छन् । अग्निपीडित पार्बति सेन ठकुरीले आफुले समाजसेबि पार्बति बुढामगरबाट बाख्रा किन्नको लागि थप १० हजार सहयोग पनि पाएको भन्दै खुशि ब्यक्त गर्नुभयो। त्रिबेणी गाउँपालिका अध्यक्ष शान्तकुमार ओली, उपाध्यक्ष साबित्रा बुढा र २ नं. वडा अध्यक्ष कबिराज बुढामगरले आगलागिपछि ठूलो परिमाणमा अत्यावश्यक सबै राहत सामग्रीहरु दिईएको भन्दै सहयोगि संस्थाहरूलाई धन्यवाद दिनुभएको छ । समाजसेबि मानबहादुर बुढा र हरि बुढामगरले अग्नी पीडितहरुलाई थप सहयोगको आबश्यक परे पुनः पहलकदमि लिने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

You may also like