रोल्पा उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारि नवराज सापकोटालाई स्वागत तथा भेटघाट कार्यक्रम

रोल्पा उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारि नवराज सापकोटालाई स्वागत तथा भेटघाट कार्यक्रम
रोल्पा समाचारदाता
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is u2-765x1024.jpg


रोल्पा उद्याग वाणिज्य संघले रोल्पा जिल्लामा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई स्वागत तथा भेटघाट कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is u1-765x1024.jpg

कार्यक्रममा रोल्पामा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व कुमार चन्दले फुलमाला र मायाको चिनो प्रदान गरेर स्वागत गर्नुभएको थियो । उहाँले रोल्पामा हुने व्यवसायीका समस्यालाई अन्तर बस्तुमा हेरेर समस्या सामाधान गर्न आग्रह समेत अनुरोध गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी सापकोटाले विश्वव्यापी रुपमा फैलिरेको कोरोण भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्र्दै विपद्को घडिमा व्यवसायीहरु सुरक्षित भई ग्राहकहरुलाई गुण्स्तरीय सामान उपलब्ध गराउन आग्रह गर्नुभएको छ । उहाँले झुकिएर पनि म्याद सकिएका सामानहरु तत्काल हटाइ व्यवसायीलाई मर्यादिद बनाउनु पर्ने जोड दिनुभयो । विपद्को समयमा व्यवसायीमा सामानको मूल्य वृद्धि, कालो बजारी आदि कुराहरु कहि कतै ग्राहकको मुखबाट गुनासोको रुपमा आउने भएको हुनाले रोल्पा जिल्लाभरिका ब्यवसायीहरुले यस तर्फपनि ध्यान दिनुपर्ने आवश्यकता प्रमुख जिल्ला अधिकारी सापकोटाले औल्याउनुभयो । उहाँले राज्यबाट पाउने विभिन्न सेवा सुविधामा पनि व्यापरिलाई विभेद भएकाले सम्बन्धित निकायबाट समस्याको सामाधानको लागि आफु हर बखत व्यवासायीको पक्षमा पहल गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is u2-765x1024.jpg

त्यसैगरी कार्यक्रमका विशिष्ठ अथिति नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य एवम् रोल्पा उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष किशोर कुमार आचार्यले राज्यले नीजि क्षेत्रलाई हेर्नै दृष्टिकोण सँधै सहि र समान हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । अहिले बजार अनुगमनको नाममा गरिएको बजार अनुगमन सहि निहेतिका साथ नभई औपाचारिकता निभाउनको लागि मात्र भएको पाइएकाले आगामी दिनमा गरिने बजार अनुगमन साचिकै उपभोक्ता हितको हुनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको अध्यक्ष नवीन लोचन मगर, नेपाल पत्रकार महासघका सस्थापक अध्यक्ष काशिराम डागि, निवर्तमान मानसिंह विश्वकर्मा र महेश न्यौपाने लगायतको विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थित रहेको थियो । रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व कुमार चन्दको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन कार्यालय सचिव दुर्गा के.सी.ले गर्नुभएको थियो भने कार्यक्रमको समापन उपाध्यक्ष सञ्चालन रोल्पा उधोग बाणिज्य सघका कार्यलय सचिब दुर्गा केसिले गर्नु भएको समापन उपाअध्यक्ष केशव कुमार आचार्यले गर्नुभएको थियो ।

You may also like