“जनयुद्धको उपलब्धीलाई सँस्थागत गर्नुछ ढुक्क भएर मतदान गर्नुहोस् ।” –प्रतिनिधिसभा सदस्यका उमेदवार–वर्षमान पुनमगर

“जनयुद्धको उपलब्धीलाई सँस्थागत गर्नुछ ढुक्क भएर मतदान गर्नुहोस् ।”
–प्रतिनिधिसभा सदस्यका उमेदवार–वर्षमान पुनमगर
मानसिह बिक
रोल्पा कात्तिक २८ गते
नेकपा (माओवादी केन्द्र) का नेता एवं बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा उमेद्वार वर्षमान पुनमगर ‘अनन्त’ ले सर्वहारा वर्गको राज्य सत्ता स्थापना गर्नका लागि जनयुद्धको शुरुवात गरिएको बताउँदै जनयुद्धबाट धेरै उपलब्धी आएको दावी गर्दै ति उपलब्धीलाई सँस्थागत गर्नका लागि ढुक्क भएर आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्न थबाङबासीलाई अनुरोध गर्नुभएको छ ।
संयुक्त बाम गठबन्धनको चुनावी सभालाई सम्वोधन गर्नका लागि रोल्पाको थबाङमा पुग्नु भएका नेता पुनमगरले सोमबार थबाङमा बताउनुभएको हो । उहाँले थबाङको ठूलो गाउँमा आयोजित सभामा उपस्थित थबाङबासीलाई भन्नुभयोः–“हामीले जनताको सत्ता स्थापना गर्नका लागि जनयुद्धका लडेका हौ, जनयुद्धबाट हामीले थुप्रै उपलब्धी प्राप्त गरेका छौँ, यी उपलब्धीहरुलाई सँस्थागत गर्नका लागि ढुक्क भएर मतदान गर्नुहोस् तब मात्रै हाम्रो अधिकार सुनिश्चित हुन्छ ।”
उहाँले थबाङबासी र थबाङ विश्व कम्युनिष्ट आन्दोलनको नमूना बनेको बताउँदै थबाङ र थबाङबासीको उचाईलाई अझै नयाँ ढंगबाट माथि उठाउनको लागि अब व्यालेटको आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो ः–“हामीले जनयुद्ध ग¥यौ, जनयुद्धमा धेरै साथी गुमायौँ, हाम्रो राजनीतिका गूरु दीर्घलाई गुमायौँ, त्यो दुखद अवस्था हुँदाँहुँदै पनि हामीले गणतन्त्र, धर्म निरपेक्ष, समावेशीता, संघीयता, समानुपातिक लगायतको मुद्धालाई स्थापित गरेका छाँै त्यसलाई सँस्थागत गर्नका बामपन्थीहरुको सरकारको आवश्यक भएको छ । हामीले सबै कुरा विर्सिएर अब मंसिर १० मा मतदान गरौँ हामी जिम्मेवारी बन्नुपर्दछ ।”
उहाँले तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार हुँदा रोल्पाको विकासको बारेमा अधिकतम प्रयास गरेको बताउनुभयो भयो । उहाँले भन्नुभयोः–“प्रचण्डको नेतृत्वमा सरकारमा हुँदा थबाङ नमूना गाउँ, नमूना बस्ति विकास, थबाङमा कलेज स्थापना, थबाङमा रिङ रोड, जलजला पर्यटन क्षेत्रको विकासका लागि योजना बनायाँै र बजेट वितरण गरेरको हौं यसका साथै म अर्थमन्त्री हुँदा शहीदमार्ग, जलजला पर्यटन क्षेत्र लगायतमा योजना तथा बजेट विनियोजित गरेका थियौँ ।” थबाङ र रोल्पाको विकासमा हामी सरकारमा हुँदा नहुँदा के भयो त्यो त तपाईहरु नै विचार गर्नुहोस् ।”
उहाँले नेकपाले आफू प्रति गरेको आक्रमणबारे भन्नुभयोः–“हामीले जनयुद्ध एउटै उद्धेश्यले गरेका हौँ, लक्ष्य प्राप्ती भएको छैन । हाम्रो पार्टी र माओवादीहरु एक हुनु पर्ने बताउँदै हामीलाई कांग्रेससँग मिलेर किन हमला अरु अन्य पार्टीका पनि हिडेका छन् । ”
उहाँले २०६४ सालमा उत्साहपूर्ण तरिकाले मतदान गरेको थबाङलाई फेरी उत्साहपूर्ण वातगरणमा मतदान गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले २०६४ सालमा मतदान गरेर पार्टीलाई विजयी बनाउँदा र २०७० सालमा शून्य मत बनाउँदाको घटनाबाट नेकपाका कार्यकर्ताहरुलाई पाठ सिक्नका लागि अनुरोध गर्दै भन्नुभयोः–“हामी व्यक्तिले जितको होइनाँै, हाम्रो एजेण्डा विजयी भएका छ, अब संविधान कार्यन्वयन हुन्छ देशमा स्थायी बामपन्थीको सरकार बन्छ ।”
उहाले शहीदमार्गको कालोपत्रे, थबाङबाट जलजलासम्म केवुलकार, थबाङको ततबन्धन, जलजलामा युद्ध तथा धार्मिक तथा साँस्कृतिक पर्यटन लगायको बारेमा गुरु योजना निर्माण गरिएको समेत बताउनुभयो ।
उहाँले देशको आमूल परिवर्तनमा थबाङ र थबाङबासीले खेलेको भूमिका कहिल्यै पनि कम नहुने र इतिहासमा स्वर्णिम अक्षरले इतिहास लेखिएको बताउँदै फेरी पनि नयाँ युग निर्माणमा लाग्नका लागि अनुरोध गर्नुभयो ।

You may also like