प्रधानमन्त्री केपी शर्मा ओलीमा विकासका भिजन छैन हावादारी गफ मात्रै गर्नुहुन्छ –पूर्व मन्त्री वर्षमान पुनमगर


मानसिंह विश्वकर्मा÷चन्द्र रोकामगर
बैशाख १ रोल्पा


पूर्व ऊर्जा सिचाई तथा जलश्रोत मन्त्री एवं सघीय सांसद वर्षमान पुनमगरले कम्युनिष्ट चुनावी घोषणा–पत्र अनुसार केही काम पनि नेपाली जनताले दिएका मत अनुसार काम गर्न नसकेकोमा केपी शर्मा ओली कमजोरी रहेको बताउँदै ओलीमा विकास र समृद्धिको भिजन नभएको बताउनुभयो । साथै ओलीले हावादारी गफ गर्ने कुरा भन्दा पनि ठूला सपना मात्रै बाडेर जनतालाई भ्रमित बनाउने कार्यमा लागेको कारणले नै सरकारले राम्रो काम गर्न नसकेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टी विगठन, व्यवस्था अन्त्यका लागि प्रमुख भूमिका निर्वाह गरेको बताउनुभयो ।
पुनमगरले प्रतिगमनकारीका पात्रका रुपमा रहेका केपी शर्मा ओलीलाई हटाउनको लागि नेपाली कांग्रेस र जसपासंग तिव्र छलफल भइरहेको बताउँदै तयसले नयाँ मोड लिन थालेको बताउनुभयो ।
उहाँले भन्नुभयोः–“वर्तमान आवश्यकता र गर्न सकिने भनेको काठमाण्डौँ विग्रीएका कालो पत्रे बनाउने, गाउँमा सडक पु¥याउने, कोरोनाबाट जनताको जीवनको रक्षा गर्ने, ग्रामीण इलाकामा बाटो पु¥याउने कुरा भन्दा पनि रेल र पानी जहाजको कुरा गर्न थाल्नुभयो तर त्यो सम्भव थिएन, हामी त्यहाँ जानका लागि २० वर्षको सयम पछि मात्रै पुग्न सकिने थियो तर हावादारी गफ मात्रै गर्नुभयो, जनताले विश्वास गरेनन्, अनि केपी शर्मा ओलीले राम्रो काम गर्न सक्नु भएन भन्ने टिप्पनी आयो अनि उहाँले आफ्नो कमजोरी स्वीकार्ने भन्दा पनि सुझवकर्तालाई कसरी सिध्याउने भन्नेमा लाग्नुभयो त्यस पनि अब पार्टी, व्यवस्थालाई सखाप पार्न थाल्नुभयो ।”
उहाँले आधारभूत र गर्न सकिने कुरा भन्दा पनि हावाको गफ दिन थालेपछि मानिसले उदाउन थाले अनि सरकारको बारेमा टिका टिप्पनी गर्न थालेपछि उहाले नै पार्टी विभाजन र संविधानलाई लत्याउँदै प्रतिगमन तिर लाग्नु भएको बताउनुभो ।
उहाँले केपी शर्मा ओली नेतृत्वमा रहेर काम गर्दा आफ्नो अति जिद्धिपनका कारणले मन्त्रीहरुले पनि खुलेर काम गर्न नसकेको बताउँदै उहाँले चालेको कदम हरेक कार्य नेपाली जनताको हित विपतरित भएको बताउनुभयो । साथै उहाँले राजनीतिमा वाद प्रतिवाद भन्दा पनि आफूले राम्रो काम गर्न सक्नु नै राजनीतिज्ञको कर्म भएको बताउँदै केपी शर्मा ओलीले देश र जनताको लागि प्रतिउत्पादन बनेको बताउनुभयो ।
उहाँले कम्युनिष्ट पार्टी एकतालाई धराप र विभाजन गरेपछि नेकपा (माओवादी केन्द्र) को पहलमा फेरी एक धिक्का गर्न सकिने सम्भावना रहेको बताउनुभयो । माओवादी जनयुद्ध नै परिवर्तनको मुख्य आधार भएको बताउँदै अब क्रान्तिकारी र परिवर्तनका शक्तिहरुलाई एक बनाएर लग्नुपर्ने बताउनुभयो ।
उहाँले रोल्पा जिल्लामा आफ्नो कार्यकालमा सबै रोल्पालीलाई संवोधन हुने गरी माडी जलसायुक्त आयोजना निर्माणका कार्यले अगाडि बढाएको बताउँदै त्यसले पूर्णता पाउने बताउनुभयो । उहाँले रोल्पा जिल्लाको सडक, सञ्चार, विद्युत, जनतासंगको कार्यक्रम लगायत सबै कार्यमा आफूहरुको प्रमुख भूमिका रहेको बताउँदै आगामी दिनमा पनि रोल्पाका लागि अन्तिमसम्म लाग्ने बताउनुभयो ।

This image has an empty alt attribute; its file name is onsari-1024x473.jpg

कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीमगरले पुर्व सभामुख रहदाँ र राजनैतिक जीवनमा कुनै पनि भ्रष्टचार नगरेको बताउँदै पूर्व

सभामुखको हैसियतमा दिएको सरकारी गाडी मात्रै भएको बताउँदै यदी त्यो बाहेक अकुच सम्पत्ति कमाएको केपी शर्मा ओलीले पुष्टि गरेपछि आफू जेल जान तयार रहेको बताउँदै केपी ओलीलाई पुष्टि गर्न चुनौती दिनुभयो ।
उहाँले रातारात कम्युनिष्ट पार्टीको एकता तोड्ने, संविधानलाई लाट हान्ने, व्यवस्थालाई बन्धक बनाउने केपी शर्मा ओलीलाई इतिहासले कहिल्यै पनि छुट नदिने बताउनुभयो । उहाँले रोल्पा र रोल्पाली जनताको लागि एकता र युनिटी परिवर्तनको लागि भट्काउनको लागि केपी ओली दलालहरुको चङ्गुलमा फसिसकेको बताउँदै ओली सरकार र ओलीबाट अब केही विकास हुन नसक्ने कुरा पनि ठोकुवा गर्नुभयो ।
उहाँले रोल्पाली जनताको लागि नेकपा (माओवादी केन्द्र) नै अभिभावक भएको बताउँदै सकेसम्म रोल्पा र रोल्पाली जनतालाई सुखी बनाउने यात्रामा लागेको र आगामी दिनमा पनि लाग्ने बताउनुभयो । केपी शर्मा ओलीको सरकार भएपछि अब रोल्पामा विकास हुँदैन कि भन्ने कुरामा शंका नगरी ढुक्क रहनका अपिल गर्नुभयो ।
उहाँले केपी शर्मा ओली दलाल र भ्रष्टचारहरुको नाइके बनेको बताउँदै आज आज विगतमा वर्षमान पुन ऊर्जा मन्त्री बन्दा कुलामान घिसिङको पालामा कुनै पनि लोडसेडिङ नभएको बताउँदै आज भोली नियमित लोडसेडिङ भइरहेको तथ्य समेत उजागर गर्नुभयो ।
केपी शर्मा ओलीले कम्युनिष्ट एकता भत्काउन गरिएको प्रयास, सपनालाई माओवादी केन्द्रले कम्युनिष्ट एकताको झण्डा फेरी उठाउनको लागि तयार भएको उद्घोष गर्नुभयो । रोल्पाली जनताको गरीवी हटाउनका लागि लागि परिहेको बताउँदै अब माडी जलाययुक्त आयोजनाले सफलता हुने बताउनुभयो । कुनै पनि केपी शर्मा ओलीको भ्रममा नपरी अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो । साथै पूर्व सभामुख ओनसरी घर्तीमगरले २०७८ सालको रोल्पाली लगायत सबैको शुख शान्तिको कामना संगै उपलब्धीको वर्ष बनोस भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is jaypura-1024x473.jpg


शिक्षा तथा स्वास्थ्य समितिका सभापति एवं प्रतिनिधी सभा सदस्य जयपुरी घर्तीमगरले आफ्नो कार्यकालमा गाउँपालिकाहरुमा १५ सैया अस्पताल निर्माणका लागि नीति बनाएकोले रोल्पाका सबै नगरपालिका बाहेक सबै गाउँपालिकामा अस्पताल बनेको बताउनुभयो । घर्तीमगरले पहाडी क्षेत्रमा ९ रोपनी भएपछि मात्रै निर्माण गर्न सकिने मापदण्डलाई परिमार्जन गरी ७ रोपनीमा निर्माण गर्ने गरी अगाडि बढाउदा रोल्पा लगायत देशका पहाडी जिल्लाहरु लाभाविन्त बनेको बताउनुभयो ।
उहाँले रोल्पा जिल्लाका लागि कोरोना कहरको पहिलो चरणमा बेलामा पनि अत्याधिक रुपमा स्वास्थ्य सामाग्री पठाइएको बताउनुभो । उहाँले रोल्पा जिल्लाका लागि अत्याधिक काम गर्न खोजेको बताउनुभयो । आगामी दिनमा पनि रोल्पा जिल्लाको विकासका लागि सक्रियरुपमा सहभागीता हुने बताउनुभयो ।

पूर्व संविधान सभा सदस्य जोखबहादुर महराले केपी शर्मा ओलीले देश र जनताको हित विपरित गई कम्युनिष्ट पार्टीलाई नै सिध्यानका लागि देशी तथा प्रतिगामी शक्तिका असली पात्र बनेको बताउनुभयो । उहाँले इतिहास र नेपाली जनताले छुट नदिने समेत बताउँदै रोल्पा जिल्लाको विकासका लागि अध्यक्षको सचिवालयमा रहेर पनि कार्य सम्पादन गरिरहेको बताउनुभयो ।  
कार्यक्रमा लुंग्री गाउँपालिका अध्यक्ष  दुर्गाबहादुर खड्का, सुनछहरी गाउँपालिका अध्यक्ष आसबहादुर पुनमगर,  नेकपा एमालेका प्रदेश कमिटी सदस्य खिमचन्द्र पुन, नेपाली कांग्रेस रोल्पाका प्रवक्ता कविता उपाध्याय, नेपाल कम्युनिष्ट पार्टी      (माओवादी केन्द्र) का अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, राप्रपा नेपाल रोल्पाका अध्यक्ष अमरबहादुर थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष मेघनाथ विष्ट, नेशनल मंगोल अर्गनाईजन पार्टीका ओनिसरा बुढामगर, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका महासचिव मिलन रोकामगर, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगरले शुभमकाना मनतव्य राख्नुभएको थियो । 

कार्यक्रममा पूर्व राष्ट्रिय सभासदस्य राजकुमार कुवर, सम्मानीय उपराष्ट्रतिका विज्ञ सल्लाहकार बाबुलाल पुनमगर गाउँपालिका उपाध्यय, जनप्रतिनधी, कर्मचारी, सुरक्षा निकाय पत्रकार, खेलाडी लगायतको सहभागीता रहेको थिया ।  
    अध्यक्षकप प्रतियोगितामा सुनिलस्मृति गाउँपालिका, थबाङ गाउँपालिका, रोल्पा नगरपालिका, लुंग्री गाउँपालिका, सुनछहरी गाउँपालिका लगायतबाट खेलकुद प्रतियोगितामा सहभागी भएका छन् । 
सुनिलस्मृति गाउँपालिका रोल्पाका विभिन्न वडाबाट पैसेरु, पञ्चेबाजा समूहले झाकीहरु पनि प्रस्तुत गरेको थियो । 
गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरको अध्यक्षतामा भएको थियो कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले गर्नुभएको थियो भने स्वागत गाउँपालिका उपाध्यक्ष वाग्मती थापा क्षेत्रीनीले गर्नुभएको थियो । अध्यक्ष कप ३ गते सम्मसञ्चालन हुने आयोजक समितिले बताएको छ । 

You may also like