सरीकोट पोलिटेक्निकल इन्स्टिच्यूट लिबाङ रोल्पा तृतीय वार्षिक उत्वस सम्पन्न

सरीकोट पोलिटेक्निकल इन्स्टिच्यूट लिबाङ रोल्पा तृतीय वार्षिक उत्वस सम्पन्न
फागुन १३ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is a5-1024x768.jpg


रोल्पा नगरपालिका–२ नं. वडा लिबाङ स्थित सञ्चालित सरीकोट पोलिटेक्निकल इन्स्टिच्यूट लिबाङ रोल्पाको तृतीय वार्षिक उत्वस २०७७ को असरमा विविध अन्तरक्रिया तथा वक्तृत्वकला प्रतियोगीता बिहीबार लिबाङमा सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is a2-1-1024x768.jpg

कार्यक्रमको प्रमुख अतिथि एवम् पूर्व संविधान सभा सदस्य एवम् पूर्व सिंचाई राज्य मन्त्री तथा नेपाली कांग्रेस पार्टी रोल्पा जिल्ला सभापति अमर सिंह पुनले राजनीतिक दृष्टिकोणले जुनसुकै पार्टीप्रति आस्था राखेपनि समृद्ध अभियानमा एकजुट हुनुपर्ने बताउनुभयो । संविधानमा शिक्षालाई मौलिक हकको व्यवस्था गरेपनि व्यवहारिक कार्यन्वयनमा सरकारी निकायहरु असफल भएको अवस्थामा इन्स्टिच्युटले शैक्षिक अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा सरीकोट पोलिटेक्निकल इन्स्टिच्यूट लिबाङ रोल्पाले समयको आवश्यकता अनुसार शैक्षिक अभियान सञ्चालन गर्नका लागि शुभ कामना व्यक्त गर्नुभयो । इन्स्च्यिूटलाई आफूबाट हुने कुनै पनि सहयोग बाँकी नहुने उहाँले प्रतिवद्वता समेत व्यक्त गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is a4-1024x768.jpg

त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि रोल्पा नगरपालिका प्रमुख पुर्ण के.सी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेपाली कांग्रेस पार्टी रोल्पा जिल्ला सचिव मोहन परियार, प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशको संयोजक मानसिंह विश्वकर्मा, जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पाको सहायक प्रमुख गोकर्ण प्रसाद घर्तीमगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने, गैर सरकारी संघ महासंघ रोल्पा जिल्ला अध्यक्ष घनश्याम आचार्य लगायतका अतिथिहरु शुभ–कामना मनतव्य राख्नुभएको थियो । वार्षिक उत्वसको अवसरमा प्राविधिक शिक्षा राष्ट्र निर्माणको आधार विषयक वक्तृत्वकला प्रतियोगीतामा प्रथम होलिभिजन आवासीय माध्यमिक विद्यालय लिबाङमा अध्ययनरत अर्चित बुबा मर्सिपूmल प्रथम, सरीकोट पोलिटेक्निकल इन्स्टिच्यूट लिबाङ रोल्पाकी मिना डाँगी र तारा माध्यमिक विद्यालय बामरुकमा अध्ययनरत विपना रोका द्वितीय र तृतीय व्राइट फ्युचर आवासीय माध्यमिक विद्यालय लिबाङमा अध्ययनरत देविका बाठा मगर विजय हुन सफल हुनुभएको छ । प्रतियोगीतामा विजय प्रतियोगीहरुलाई कार्यक्रमको प्रमुख अतिथि र विशिष्ट अतिथिहरुले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
साथै सरीकोट पोलिटेक्निकल इन्स्टिच्यूट लिबाङ रोल्पालाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोगी भूमिका निर्वाह गर्ने जजलला टु डे, रोल्पा समाचार साप्ताहिक पत्रिका, सन स्टार साप्ताहिक पत्रिका, जुनकीरी साप्ताहिक पत्रिका, जनआकांक्षा साप्ताहिक पत्रिका, रेडियो जलजला, रेडियो मालश्री लगायत सहयोगी निकायहरुलाई कदर पत्रले सम्मान आयोजकले गरेको थियो । कार्यक्रममा संस्कृति नेतृत्यहरु समेत कलाकारहरुले प्रस्तुत गरेका थिए । कार्यक्रममा इन्स्टिच्यूटको मार्केटिङ प्रमुख नारायण रेग्मीले प्रगति प्रतिवेदन सहित आगामी योजनाहरु प्रस्तुत गर्नुभएको थियो । इन्स्टिच्युटका कार्यकारी निर्देशक योगेन्द्र अनुपम जि.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन झुपलाल डाँगीले गर्नुभएको थियो भने स्वागत मार्केटिङ प्रमुख नारायण रेग्मीले स्वागत गर्नुभएको थियो ।

You may also like