माइन र गोलीका अबरोध पन्छाउँदै बर्षमान पुनमगर थबाङमा

मानसिंह बिक
रोल्पा २७ कात्तिक लिबाङ
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उमेद्वार बनेपछि यतिबेला वर्षमान पुनमगर ‘अनन्त’ र प्रदेशसभाका उमेद्वार दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ माइन र गोलीका अवरोध पन्छाउँदै आज थबाङ पुग्नुभएको छ ।
निर्वाचन खारेजीको अभिायान अन्तर्गत नेकपाले रोल्पा जिल्लालाई खारेजीको नमूना जिल्ला बनाउने महान लक्ष्य सहित रोल्पा जिल्लाका विभिन्न गाउँपालिकामा निरन्तर लागेको छ । निर्वाचन प्रचार–प्रचारको क्रममा रोल्पा जिल्लाका विभिन्न गाउँपालिकाबाट आयोजित कार्यक्रममा पुग्नका लागि प्रतिनिधि सभाका उमेद्वार एवं माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनमगर ‘अनन्त’ र प्रदेश सभाका उमेद्वार दिपेन्द्र पुनमगर ‘सिजल’ संयुक्त बाम गठबन्धनको चुनाव परिचालन समितिका संयोजक गोकुल प्रसाद घर्तीमगर सहित गाउँ जागरण अभियानमा लाग्नु भएको छ । यसै कार्यक्रमका विचमा विभिन्न स्थानमा वर्षमान पुनमगर र दिपेन्द्र कुमार पुनमगर नेकपाको निसानामा पर्नुभएको छ ।
रोल्पा जिल्ला २ वटा निर्वाचन क्षेत्र छन् । २०७० को निर्वाचनमा पनि थबाङ सहितको २ नं. निर्वाचन क्षेत्र ओनसरी घर्तीमगरलाई ललिक्षत गरी तत्कालीन मोहन बैद्यको नेतृत्वमा रहेको नेकपा–माओवादीले बहिस्कारको अभिायानलाई तिव्रता दिएको थियो । गाउँ गाउँमा बम पड्काउने, मतदातालाई जानबाट रोक्ने, आमसभालाई रोक्न खोज्ने लगायत उमेद्वारलाई पनि निशासा बनाएको थियो । यस पटक पनि नेकपाले २५ गते विहान बाम गठबन्धनका प्रतिनिधि सभाका उमेद्वार एवं माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनमगर‘ अनन्त’ र प्रदेशसभाका निर्वाचन सदस्यका उमेद्वार दिपेन्द्रकुमार पुनमगर ‘सिजल’ चढेको जीपलाई लक्षित गरी माडी गाउँपालिका १ भिताबाङमा तारवाला माइलन विस्फोटन गराएको थियो । त्यस माइनले गाडीमा सामान्य क्षति विना कुनै पनि मानवीय भएन ।
सो घटनामा सैन्य विज्ञहरुले भने माइनको स्वीच अन गर्ने र इसरा गर्ने बीचमा उचित समयको तालमेल नमिल्दा ति दुइ उमेद्वार पुन चढेको गाडी पासभएपछि पछिको भागमा मात्रै सामान्य क्षति गरेको बताएका छन् । होइन भने सो माइनबाट नै मानवीय क्षति हुन सक्ने बताइएको छ । सो चुनावी अभियानको क्रममा सुकिदह गाउँपालिकाको सुकाओदारमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्न वर्षमान पुनमग र दिपेन्द्र पुनमगर पुग्नुभको थियो ।
यसैगरी दुइखोली गाउँपालिकाको इरिबाङ बागमाराको कार्यक्रमलाई सम्वोधन गर्नका लागि २६ गते बागमारा जादै गर्दा गाडी वर्षमान पुनमगर र दिपेन्द्र पुनमगरकोलाई लक्षित गरी गोलि प्रहार सँगै ढुङ्गा प्रहार नेकपाकै कार्यकर्ताबाट गरेका जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । सो आक्रमण पनि कुनै क्षति नभएको निर्वाचन परिचालन समितिले बताएको छ ।
थबाङ जनयुद्धको उद्गम स्थल हो । थबाङमा तत्काली माओवादी आन्दोलनको केन्द्रीय आधार इलाका हो । २०४८ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट कृष्णबहादुर महरा नै विजयी हुभएको थियो । २०६४ सालको संविधान सभको पहिलो निर्वाचनमा पनि नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै विजयी बन्नुभएको थियो । उप निर्वाचनमा माओवादीकै नेता सन्तोष बुढामगर नै विजयी हुनुभएको थियो । २०७० सालको निर्वाचनमा सभामुख ओसरी घर्तीमगर विजयी हुनुभएको थियो । त्यतिबेला थबाङबाट शून्य मत भएको थियो ।
संविधानको सभाबाट २०७२ साल संविधानसभा मार्फत संविधान बन्यो । स्थानीयतहको संरचना बन्यो । त्यतिबेला सुख्य मतदात गरेको थबाङबासी पनि गाउँपालिको केन्द्र बनाउनको लागि ठूलो आन्दोलनसहित लिबाङदेखि काठमाण्डौँसम्म पुग्यो । त्यतिबेला माओवादी केन्द्रका नेता वर्षमान पुनमगर नै निर्णायक बन्नुभएको थियो । रोल्पामा उहाँकै नेतृत्वमा थबाङ गाउँपालिका र गाउँपालिका केन्द्र बन्यो । तर, हाल फेरी बर्षमान पुन नै नेकपाको निसानामा पर्नुभएको छ । आज थबाङमा हुने विशाल जनसभालाई सम्वोधन गर्न जानु भएको छ । थबाङको कार्यक्रममा सकेर नेता कार्यकर्ताहरुसंग भेटघाट गर्ने निर्वाचन समितिले बताएको छ ।

You may also like