सूचना तथा प्रसारण विभागद्वारा पुनर्ताजगी तालिम तथा अन्तरक्रिया

सूचना तथा प्रसारण विभागद्वारा पुनर्ताजगी तालिम तथा अन्तरक्रिया
माघ २३
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is k.jpg


सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले शुक्रबार पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्याक्रम लिबाङमा सम्पन्न गरेको छ । पत्रकारहरुले पत्रकारितामा ध्यान दिनुपर्ने कुरामा प्रर्वद्वन गरेको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागको निमित्त महानिर्देशक इश्वर राज दाहालले केन्द्रीय राजधानी काठमाण्डौंदेखि टाढा रहेको जिल्लाका पत्रकारहरुलाई प्रेससँग सम्बन्धित कार्यहरुमा कठिन अवस्थालाई मध्यनजर गर्दै विभाग संघीय भावना अनुसार दुर्गम जिल्लामा पुग्ने क्रममा रोल्पामा आएको बताउनुभयो । उहाँले दुर्गम जिल्लाका पत्रकारहरुलाई सामान्य प्रेस प्रतिनिधि कार्डको लागि अनेक तनावहरु भोग्नुपर्ने बाध्यत्मकारी अवस्थामा जिल्ला÷जिल्लामा पुनर्ताजगी तालिमहरुले पेशाप्रति जिम्मेवारी र दायित्वबोधमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सरकारको नीति विधि पु¥याएर सीमित पत्रकारहरुले मात्र पत्रकारिता गरेको वास्ताविककता औल्याउँदै दुर्गम जिल्लाहरुमा विभाग पुगेरै पत्रकारहरुको पेशा सुरक्षित सुनिश्चित् गर्दै आएको प्रमुख अतिथि दाहालले बताउनुभयो । दुर्गम जिल्लाका पत्रकारहरुले आर्थिक, समय खर्चिनुपर्ने बाध्यतालाई मध्येनजर गर्दै सरकारले संघीय भावना अनुसार जिल्ला हुलाक कार्यालय वा क्षेत्रीय हुलाक कार्यालयबाट पनि प्रेससँग सम्बन्धित कार्यको सम्पादनको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थापक अध्यक्ष काशिराम डाँगी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको पहिलो कार्यकाल अध्यक्ष मानसिंह विश्वकर्मा, जिल्ला हुला कार्यालय रोल्पाको निमित्त कार्यालय प्रमुख अमरसिंह घर्तीमगर, प्रशिक्षक डाक्टर विजय मिश्र, सहभागी पुरुष पत्रकारको तर्फबाट मनोज पुन, सहभागी महिला पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको उपाध्यक्ष देवी कुमारी गुरुङले मतनव्य राख्नुभएको थियो । तालिममा विभागबाट प्रदान सेवा सुविधाहरुको सहजिकरण शाखा अधिकृत केशव शर्माले सहजिकरण गर्नुभएको थियो भने कानुनी व्यवस्था सम्बन्धि शाखा अधिकृत बसन्त खत्रीले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न सञ्चारमाध्यमा कार्यरत पत्रकारहरुको सहभागी थियो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा, रोल्पाको कार्यबाहक अध्यक्ष दारासिंह डागीको अध्यक्षतामा सम्पन्न तालिमको सञ्चालन सह सचिव हर्क घर्तीमगरले गर्नुभएको थियो ।

You may also like