देश समृद्धिको लागि युवाहरुको भूमिका अहम हुन्छ” – प्रदेश सभा सदस्य दीपेन्द्र पुनमगर ‘सिजल’


चन्द्र रोकामगर
माघ ३ लुंग्री हार्जङ रोल्पा


This image has an empty alt attribute; its file name is harjang-1024x473.jpg

लुम्बिनी प्रदेशसभा सदस्य माननीय दिपेन्द्र कुमार पुन ‘सिजल’ ले देश समृद्धमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै सामाजको समग्र विकासका लागि लाग्न युवाहरुलाई आह्वान गर्नुभएको छ ।
यस्तो कुरा प्रदेश सभा सदस्य पुनमगरले हार्जङ युवा क्लव लुङग्री गाउँपालिका–७ हार्जङको तेस्रो वार्षिकोत्सव शनिबार उद्घाटन गर्ने अबसरमा बताउनुभएको हो । उहाँले स्वदेशमा प्रयाप्त रोजगारको व्यवस्था नहुँदा धेरै युवाहरु सीप नसिकेर नै वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता भएको धारणा व्यक्त गर्नुभयो । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले युवा नीति अवलम्वन गर्दै अगाडि बढेको अवस्थामा आफ्नै ठाउँमा रोजगारी तथा स्वरोजगारको वातावरण सिर्जना भएको उहाँको भनाइ थियो । आफ्नै ठाउँमा रोजगारी तथा स्वरोजगारीका लागि युवाहरुमा पनि सक्रियताको आवश्यकता भएको प्रमुख अतिथि पुनको धारणा थियो । धेरै युवाहरु रोजगारकै शिलसिलामा विदेशिनाले परम्परागत कला संस्कृति तथा सीपहरु पनि लोपउन्मुख भएकोले अब युवाहरु आफ्नै ठाउँमा स्वरोजगार तथा रोजगारको वातावरणले संरक्षण तथा प्रर्वद्वनमा थप सहयोग पुग्ने उहाँले बताउनुभयो । आफ्ना कला संस्कृति तथा सीपको संरक्षण तथा प्रर्वद्वनमा युवाहरुको सक्रिय भूमिका निर्वाह गर्नुपर्ने प्रमुख अतिथि पुनको भनाइ थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सल्लाहकार बाबुलाल पुनमगर, लुङग्री गाउँपालिका अध्यक्ष दुर्गा बहादुर खड्का, अतिथिहरुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङग्री गाउँपालिका ईञ्चाज तुलराम खड्का, सोही पार्टीको जिल्ला सदस्य रत्न महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका कमिटी सचिव खिम बहादुर के.सी, लुङग्री गाउँपालिका ७ नं. वडा अध्यक्ष कर्ण बहादुर रोकामगर, नेपाली काँग्रेस पार्टी लुङ्ग्री गाउँपालिका ७ नं. वडा सभापति झकलाल बि.क, नेपाल पत्रकार महासंघको पाँचौ जिल्ला अधिवेशनको पहिलो कार्यकाल अध्यक्ष मानसिंह विश्वकर्मा, नेपाल मा.वि. हार्जङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनखना घर्तीमगरले शुभकामना मनतव्य राख्नुभएको थियो ।


वार्षिक उत्वसको अवसरमा आयोजित भलिबलको प्रथम पुरस्कार रु १५ हजार, दोस्रो पुरुसकार रु १० हजार, तेस्रो पुरुस्कार रु ५ हजार र सान्त्वना पुरुषकार रु ५ हजार नगद सहित प्रमाण पत्रको व्यवस्था आयोजकले गरेको छ साथै हाजिरी जवाफ प्रतियोगिताको पुरस्कार रु १ हजार ५ सय, दोस्रो पुरस्कार रु १ हजार, तेस्रो पुरस्कार रु ५ सय नगद सहित प्रमाण पत्रको व्यवस्था आयोजकले गरेको आयोजकले बताएको छ । क्लवका अध्यक्ष बिजय पुनमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भुवन पुनमगरले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष गोविन पुनमगरले गर्नुभएको थियो ।

You may also like