भलिबल खेलबाट नै नेपाललाई विश्वमा चिनाउनु पर्दछ । अन्तर्राष्ट्रिय रेफ्री गौतम प्रसाद लासिवाले


रोल्पा समाचारदाता
पुष २७ लिबाङ रोल्पा

This image has an empty alt attribute; its file name is khelkud-1024x473.jpg

अन्तर्राष्ट्रिय रेफ्री गौतम प्रसाद लासिवाले
नेपाल भलिबलसंघ केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय रेफ्री गौतम प्रसाद लासिवाले नेपाल सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको रुपमा स्वीकार गरेपनि रेफीलाई व्यवस्थित गर्न सकेपछि भलिबल खेल उर्वर बन्न नसकेको बताउनुभयो । उहाँले यस्तो कुरा प्रदेश स्तरीय रेफी तालिमहरुको प्रशिक्षण गर्न आउने क्रममा जिल्ला भलिबल संघ रोल्पाको आयोजनामा गरेको स्वागत कार्यक्रममा लिबाङमा सोमबार बताउनुभएको थियो ।
सोमबार लिबाङमा भलिबलखेलाई राष्ट्रले गौरवको खेलको रुपमा ग्रहण गर्दै नेपालको नामबाट विश्वमा भलिबल खेलबाट चिनाउनु पर्ने बताउनुभयो । उहाँले खेल क्षेत्रबाट नै युवा युवतिहरुलाई पनि रोजगार बनाउनु पर्ने बताउनुभयो । उहाँले रेफ्रीहरुलाई पनि राज्यले सम्मान गर्नुपर्ने धारणा राख्ने क्रममा खेललाई मर्यादित बनाउनको लागि रेफी्रको जिम्मेवारी प्रमुख भएको बताउनुभयो । प्रदेशभरीलाई रेफ्रीको उत्पादन गरी खेल क्षेत्रलाई सकरात्मक बाटोमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।


स्वागत तथा भेटघाट कार्यक्रममा नेपाल भलिबल संघ रोल्पाका केन्द्रीय सदस्य किशोर कुमार आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष मानसिह विश्वकर्मा, सन स्टार पत्रिका कार्यकारी सम्पादक नविन लोचन मगर, खेलाडी प्रशिक्षक हरिश वली लगायत खेलकुद क्षेत्रका सरोकारवालाको सहभागीता रहेको थियो ।
जिल्ला भलिबल संघ रोल्पाका अध्यक्ष हिमाल डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विबस मगरले सञ्चालन गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष विरबहादुर कुवरले गर्नुभएको थियो ।

You may also like