खड्गदल गण परिसरमा ग्लोबल आई.एम.ई.बैंकले एटिम सेवा सञ्चालन

खड्गदल गण परिसरमा ग्लोबल आई.एम.ई.बैंकले एटिम सेवा सञ्चालन

पुस १३ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is t1-1-498x1024.jpg


ग्लोबल आई.एम.ई बैंक लिबाङ शाखाले सदरमुकाम लिबाङ स्थित खद्गदल गण परिसरमा आजदेखि एटिएम सेवा सञ्चालन गरेको छ । व्यारेकमा कार्यरत नेपाली सेना सहित स्थानीयबासीहरुलाई आर्थिक कारोबारमा सहज बन्ने भएको छ ।
यस गणको गणपति सुधिर के.सी.ले उद्घाटन गर्नुभएको छ । आर्थिक कारोबारको निम्ति गणमा कार्यरत नेपाली सेना र स्थानीयबासीहरुलाई लिबाङ बजारसम्म पुग्नुपर्ने बाध्यता अब एटिम सेवाबाट अन्त्य भएकाे छ । साथै एटिएम सेवाले लिबाङसम्म पुग्ने समय अन्य उपलब्धिमूलक कार्यमा उपयोग हुने उहाँले बताउनुभयो । सातदोबाटो, खुमेल, बमरुक लगायतका सेवा ग्राहकहरुलाई लक्षित गरी सो स्थानमा एटिएम सेवा सञ्चालनमा ल्याएको ग्लोबल आईएमई बैंक रोल्पा लिबाङ शाखाका अप्रेसन म्यानेज टाचमान चन्दले बताउनुभयो । उक्त स्थानमा नयाँ एटिएम सेवा सञ्चालनसँगै ग्लोबल आइएमई बैंकको देशभरि एटिएम सङ्ख्या २४० पुगेकोे उहाँले जानकारी दिनुभयो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्वेश्यले बैंकले देशभरिका ७३ वटा जिल्लामा आफ्नो २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु लाई सेवा प्रदान गर्दै आइरहेको उहाँले बताउनुभयो ।

You may also like