सुनछहरी गाउँपालिकामा ४५ दिने हाउस वायरिङ तालिमको उद्घाटन

सुनछहरी गाउँपालिकामा ४५ दिने हाउस वायरिङ तालिमको उद्घाटन
जुनिस कुमार बिष्ट
पुष १० गते (जेल्बाङ–रोल्पा)

This image has an empty alt attribute; its file name is s-1024x576.jpg


रोल्पा, सुनछहरी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत हाउस वायरिङ तालिम आज उद्घाटन भएको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष आशबहादुर पुनले जिल्लामा विद्युतिकरणको अभियान तीव्र रुपमा सञ्चालन भैरहेको अवस्थामा हाउस वायरिङ तालिमबाट स्वरोजगार एवम् सञ्चालनका लागि हाउस वायरिङले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस गाउँपालिकामा पनि विद्युत उपभोक्ताहरु बढ्दो क्रममा भएका हुँदा आफ्नै ठाउँमा व्यवसायी सञ्चालन गर्ने वातावरण सिर्जना भएको हुँदा तालिममा सहभागीहरुलाई सक्रिय सहभागी बन्न अनुरोध गर्नुभयो । साथै गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनबहादुर पुन, मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका गाउँपालिका स्तरीय छनोट समिति सदस्य चन्द्र बहादुर बुढामगर, ७ नं. वडा सदस्य राज रोका, पत्रकार जुनिस कुमार विष्ट, गाउँपालिका आन्तरिक लेखापरीक्षक मित्रमणी पौडेल, ७ नं. वडा सचिव छबिलाल महरा, प्रशिक्षक राज विक्रम राम्जालीको आतिथ्यता थियो । यो तालिम ४५ दिनसम्म चल्ने कार्यक्रमको प्रशिक्षण राज विक्रम राम्जाली मगरले सहजिकरण गर्नुभएको छ । तालिममा १४ जना प्रशिक्षार्थी सहभागी सामाजिक विकास शाखाका अधिकृत पौडेलले जानकारी दिनुभयो । सहभागी प्रशिक्षार्थीहरुलाई तालिममा आवश्यक पर्ने दश प्रकारका सामाग्रीहरु गाउँपालिका अध्यक्ष आशबहादुर पुन सहित अन्य अतिथिहरुले हस्तारण गर्नुभएको थियो । ७ नं. वडा अध्यक्ष टिकाबहादुर बुढामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखा अधिकृत बलराम पौडेलले गर्नु भएको थियो भने स्वागत स्वागत मन्तव्य मित्रमणी पौडेलले गर्नुभएको थियो ।

You may also like