ज्ञानोद्य लुङ्ग्री एकता युवा क्लवको छैटौं अधिवेशन

ज्ञानोद्य लुङ्ग्री एकता युवा क्लवको छैटौं अधिवेशन

जुनिश कुमार बिष्ट

जमैकसला–रोल्पा

This image has an empty alt attribute; its file name is t1.jpg

ज्ञानोद्य लुङ्ग्री एकता युवा क्लव सुनछहरी गाउँपालिका–५ जैमाकसलाको छैटौं अधिवेशन शनिबार सम्पन्न भएको छ ।
यस गाउँपालिका अध्यक्षतामा आश बहादुर पुनले अब युवा क्लवहरुले समाज सुधार र सुदृढीकरणमा महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताउनुभयो । साथै युवाहरु विकेन्द्रीकरण भएर होईन एकतावद्व भएर सामाजिक कार्यमा लाग्न युवाहरुलाई उहाँले अनुरोध गर्नुभयो ।
उक्त अधिवेशनबाट १७ सदस्य नयाँ कार्यसमिति चयन गरिएको क्लवको सहसचिव लोकेन्द्र रोकामगरले बताउनु भयो । कार्य समितिको अध्यक्षमा विनोद पुन मगर, वरिष्ठ उपाध्यक्ष निर्माण पुन, उपाध्यक्ष सन्तोष घर्ती, सचवि जित ब.पुन, सह–सचिव वेगम थापा मगर, कोषाध्यक्ष केसमला रोकामगर, सह–कोषाध्यक्ष लोकेन्द्र रोकामगर, सदस्यहरुमा चन्द्रकला घर्ती, प्रेम बि.क, मनिषा पुनमगर, देव घर्ती, कमल पुन, गन्सरी बि.क र कुसुम बि.क गरी तीन जना सदस्यपछि थप्ने गरि नयाँ कार्यसमिति गठन गरिएको छ । यस क्लब २०६६ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरि जैमाकसलामा सामाजिक कार्यहरु लगाएत विकासका कामहरु गर्दै आएको छ । क्लवका अध्यक्ष मिन बहादुर घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विनोद पुनले गर्नुभएको थियो भने स्वागत जित बहादुर पुनले गर्नुभएको थियो ।

You may also like