सुनछहरी गाउँपालिकाले लैङ्गिक हिंसा सम्बन्धि सचेतनामूलक कार्यक्रमबाट अभियान समापन

सुनछहरी गाउँपालिकाले लैङ्गिक हिंसा सम्बन्धि सचेतनामूलक कार्यक्रमबाट अभियान समापन
जुनिश कुमार विष्ट
मङ्सिर २५ गते (पोबाङ–रोल्पा) ।

This image has an empty alt attribute; its file name is a2-1024x576.jpg

रोल्पा, सुनछहरी गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियानको आज सचेतना मुलक कार्यक्रम समापन गरेको छ ।
यस कार्यक्रम गाउँपालिका उपाध्यक्ष पबित्रा घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको सचेतनामुलक कार्यक्रममा योजना अधिकृत रमेश गिरी, १ नं.वडा अध्यक्ष महाबिर रानामगर, ३ नं. वडा अध्यक्ष मोत बहादुर घर्तीमगर, ५ नं. वडा अध्यक्ष तिर्खबहादुर बुढाथोकी, गाउँपालिका कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, पत्रकार, इलाका प्रहरी कार्यालय पोबाङका प्रतिनिधि, आइएनएफ नेपालका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थीहरु सहित अन्य सरोकारवाला निकायहरुके उपस्थिति थियो ।
यस कार्यक्रममा महिला विकास शाखा संयोजक धनिशा पुनले लैङ्गिक हिंसा सम्बन्धि डकुमेन्ट प्रस्तुत गर्नुभएको थियो । सहभागीहरुले समाजमा बाल विवाह तीव्र रुपमा बढिरहेकोले बाल विवाहलाई रोक्न जनप्रतिनिधिसहित सरोकारवाला निकायहरु सक्रिय नभएको, गाउँमा जुवातास, मदिरा पर्दाथ सेवन गरि झै–झगडा बढिरहेको, कुटपिटका जस्ता घट्नाहरु घटिरहेको भन्द्र गुनासो व्यक्त गरेका थिए । प्रहरी तथा न्यायिक समितिमा सामान्य झै–झगडाका उजुरी मात्र आउने गरेको प्रहरी प्रतिनिधि तथा न्यायीक समितिका प्रतिनिधिले बताउनुभयो । सभापति एवम् गाउँपालिका उपाध्यक्ष पवित्रा घर्तीमगरले कार्यक्रम समापन गर्दै भन्नू भयो गाउँ समाजमा भएका लैङ्गिक हिंसा न्यूनिकरणमा अब सिङ्गो गाउँपालिकाका जनप्रतिनिधिहरु सक्रिय भूमिका अपरिर्हायता औल्याउनुभयो । उहाँले लैङ्गिक हिंसा न्यूनिकरण अभियानमा गाउँपालिकाको अभियानमा सम्पूर्ण सरोकारवाला निकायहरुलाई पनि सहयोगी भूमिका निर्वाहका लागि अनुरोध समेत गर्नुभएको छ ।

You may also like