गंगादेव गाउँपालिका–४ मा लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान अन्तर्गत सचेतनामूलक कार्यक्रम

गंगादेव गाउँपालिका–४ मा लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान अन्तर्गत सचेतनामूलक कार्यक्रम
मङ्सिर २५ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is a1.jpg

रोल्पा, गंगादेव गाउँपालिका–४ म्वालेखोलामा लैङ्गिक हिंसा विरुद्वको अवसरमा वडा स्तरीय सेचनामुलक कार्यक्रम आज सम्पन्न भएको छ । लैङ्गिक हिंसा सम्बन्धि नागरिकलाई जानकारीमा थप सहयोग पुग्ने भएको छ ।
यस कार्यक्रमको प्रमुख गाउँपालिका उपाध्यक्ष रिता घर्तीले लैङ्गिक हिंसाको दृष्टिकोणले बढि महिलाहरु लैङ्गिक हिंसामा परेको अवस्थामा अब शिक्षा, आर्थिक, सीपमुलक तालिम, समाजसेवा, राजनीतिमा अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले यस गाउँपालिकामा लैङ्गिक हिंसा अन्त्यका लागि गाउँपालिका सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । लैङ्गिक हिंसा अन्त्यका लागि गाउँपालिकाकोअ अभियानमा सक्रिय भूमिका निर्वाहका लागि सरोकारवाला निकायहरुलाई प्रमुख अतिथि घर्तीले अनुरोध गर्नुभयो ।
त्यसैगरी यस कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख सुनिता चौधरी, इलाका प्रहरी कार्यालय सिमखोलाका प्रमुख पवन सुनार, आमा समूह, स्वास्थ्यकर्मीलगायतको सरोकारवाला निकायहरुको आतिथ्यता थियो । वडा अध्यक्ष राम बहादुर वलीले सबै नागरिक आफ्नो अधिकार र कर्तव्यप्रति सचेत भए मात्रै लैङ्गिक हिंसा न्यूनिकरण हुने धारणा व्यक्त गर्नुभयो । सहभागीहरुले समय परिवर्तनसँगै चेतनामुलक कार्यक्रममा सहभागी हुन पाउनु राम्रो अबसर भएको बताएका छन् । वडा अध्यक्ष राम बहादुर वलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचीव प्रदिप डि.सी.ले गर्नुभएको गाउँपालिका प्रेस संयोजक अशोक वली ‘परिवर्तन’ले जानकारी दिनुभयो ।

You may also like