सुरक्षित गर्भपतन सम्बन्धि अन्तरक्रिया

सुरक्षित गर्भपतन सम्बन्धि अन्तरक्रिया
कार्तिक २७ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is sssss.png

“प्रभावकारी परिवार नियोजन सहितको सुरक्षित गर्भपतन, प्रजनन् स्वास्थ्य अधिकारको सम्मान” भन्ने मुल नारा सहित सुरक्षित गर्भपतन र प्रजनन् स्वास्थ्यको सुदृीकरणका लागि सञ्चारकर्मीसँग अन्तरक्रिय कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थापक अध्यक्ष काशिराम डाँगीले पछिल्लो समयमा यस जिल्लामा सुरक्षित गर्भपतनको क्षेत्रमा आई.पास. नेपाल, पास नेपालले सक्रिय भूमिका निर्वाह गरेको बताउनुभयो । विगतमा असुरक्षित गर्भपतनकै कारण धेरै महिलाहरुले शारिरीक मानसिक समस्याहरु भोग्नु पर्ने थियो । तर, पछिल्लो समयमा सुरक्षित गर्भपतनको संख्या वृद्धि भएको उहाँको जोड थियो । यस जिल्लामा आगामी दिनमा सुरक्षित गर्भपतनका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरुसँग पनि नियमित रुपमा अन्तरक्रिया छलफल गर्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो । यस कार्यक्रममा सुरक्षित गर्भपतनको अवस्था र सञ्चारकर्मीको भूमिका लगायतको विषयवस्तुमा स्वास्थ्य कार्यालय रोल्पाको प्रमुख अनिल के.सी. र जिल्ला कार्यक्रम संयोजकले सोयव अहमदले सहजिकरण गर्नुभएको थियो । यस जिल्लामा यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन कार्यक्रम सञ्चालन हुँदै आएको छ । सुरक्षित गर्भपतनका लागि यस जिल्लाको दश वटै स्थानीयतहरुमा एक÷एक वटा सुरक्षित गर्भपतन सम्बन्धि सेवा प्रवाह हुँदै आएको छ । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता थियो । आइपास नेपालको आर्थिक सहयोगमा पास नेपालको आयोजनामा र नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पास नेपालकी दिल कुमारी बुढामगरले गर्नुभएको थियो ।

You may also like