विद्यालय पुग्ने बाटो पुनः निर्माणपछि विद्यार्थीको यात्रामा सहज बन्ने

विद्यालय पुग्ने बाटो पुनः निर्माणपछि विद्यार्थीको यात्रामा सहज बन्ने
साउन १३ गते
लिबाङ रोल्पा


रोल्पा जिल्लाको बाल कल्याण नमूना माध्यमिक विद्यालयको पुग्ने सामुदायिक आँखा केन्द्र नजिकको बाटो पुनः निर्माण भएको छ । बाटो पुनः निर्माणले विद्यार्थी सहित छिमेकीहरुलाई आवतजावतमा सहज बन्ने भएको छ ।
रोल्पा नगरपालिका कार्यालय रोल्पाको नगर प्रमुख पुर्ण के.सी.ले भन्नुभयो,‘बाल कल्याण नमूना माध्यमिक विद्यालय पुग्ने सामुदायिक आँखा केन्द्र नजिकको बाटो मर्मतका लागि बाल क्लव पदाधिकारी सहित विद्यार्थीको टोलिले ज्ञापन पत्र मलाई बुझाएका थिए । विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०७६÷२०७७ भ्याट बाहेक रु ३ लाख ४८ हजार वजेट विनियोजिट भएको थियो ।’ ‘यो वजेटले बाटो पुनः निर्माण हुँदैन कि भन्ने मलाई लागेको थियो । तर, यो वजेट बाट नसोचेको काम सम्पन्न भएको छ । वर्षाैसम्म समस्यामा परेको विद्यार्थीहरुलाई सहज रुपमा विद्यालय पुग्ने अवस्था बनेको छ । समाजिक रुपमाले यस्ता कार्यहरुमा गर्दा फाइदा नै हुँदो रहेछ’ उहाँले भन्नुभयो‘ नगरपालिकाबाट विनियोजिट रकमबाट हुन सक्ने योजनाहरुलाई प्राथमिकताको आधारमा थप वजेट विनियोजिट गर्दै जानेछ ।’
यस विद्यालय व्यवस्थापन समितिको अध्यक्ष महेश न्यौपाने भन्नुभयो,‘बालकल्याण नमूना माध्यमिक विद्यालयमा क्रियाशिल बाल क्लवमा आवद्ध विद्यार्थीहरूको बारम्बारको अनुरोधका कारण रोल्पा नगरपालिकाले बालमैत्री सडक निर्माण गरेको छ । जो निकै सह्रानीय काम हो ।’ ‘विद्यालय आवतजावत गर्दा कठीनाई भोगिरहेका बालबालिकाहरुलाई सडक निर्माणपछि सहज हुने अपेक्षा गरेका छौं’ उहाँले भन्नुभयो,‘बालबालिकाहरूको निरन्तर लगाब र संगठित आवाजको स्थानीय सरकारबाट सुनुवाई हुनु अभिभावकहरुका लागि खुशीको कुरा हो । बाल क्लबको माध्यमबाट विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्नुका साथै यस्ता दबाबमूलक कार्यक्रमले विद्यार्थीहरूको नेतृत्व गर्ने र व्यवस्थापकीय क्षमताको समेत विकास भई उनीहरूको समग्र विकास मा टेवा पुग्ने अपेक्षा गरेका छौं ।’
त्यसैगरी बाल कल्वको अध्यक्ष पुष्पराज शर्माले भन्नुभयो,‘हामी लामो समयसम्म विद्यालय आवतजावतमा कठीनपूर्ण यात्रा गर्न बाध्य थियौं । कहिले त बाटोबाट लडेर हिलै हिलो हुन्थ्यौं । कहिले त बाटोबाट चिप्लिएर चोट पनि लाग्द थियो । यि तमान समस्याहरुलाई मध्यनजर गर्दै हामीले नगरपालिका कार्यालयलाई पटक–पटक बुझाएको ज्ञापन पत्रको सुनवाई आज भएको छ । यो उपलब्धि नै क्लवको पदाधिकारी र सम्पूर्ण विद्यार्थीको हो’ उहाँले भन्नुभयो,‘हाम्रो आवाजलाई नगरपालिकाबाट सम्बोधन गरिएकोमा नगर प्रमुख पुर्ण के.सी.लाई विशेष आभार प्रकट गर्दछु । हाम्रो अभिभावक भनेको नगरपालिका भएकोले यो बाटोको निर्माण पूर्णता भएको छैन । त्यसैले आगामी दिनमा यस बाटोको थप मर्मततिर पनि ध्यान दिनका लागि म नगर प्रमुख पुर्ण के.सी.लाई अनुरोध गर्दछु ।’

यो विद्यालय रोल्पा जिल्लाको सदरमुकाम लिबाङको थलिबाङमा सञ्चालित छ । विगतदेखि नै यस विद्यालयले उत्कृष्टि नतिजा ल्याउँदै आएको छ । यस विद्यालयमा २ हजार ६ सय जना विद्यार्थीहरुले अध्ययरत छन् । पछिल्लो समयमा १० कक्षासम्म नेपाली र अग्रेजी माध्यममा सहित थप प्राविधिक पढाई सञ्चालन भइरहेको छ । सदरमुकाम लिबाङमा यो विद्यालयको सञ्चालन भएको हुँदा विद्यार्थीको च्याप बढ्दो क्रममा छ ।

You may also like