रोल्पा नगरपालिका–१,२,३ र ४ नं. वडाको बजार क्षेत्रको लक डाउन खुलेयो

रोल्पा नगरपालिका–१,२,३ र ४ नं. वडाको बजार क्षेत्रको लक डाउन खुलेयो
साउन ९ गते
लिबाङ–रोल्पा


रोल्पा नगरपालिकाको १,२,३ र ४ नं. वडाको बजारमा जारी लक डाउन आज दिउँसो १ः०० बजेबाट खुलको छ । यस नगरपालिका–४ गुरुङगाउँ र १० नं. वडा धवाङमा गत साता १३ जनामा कोरोना संक्रमण पुष्टी भएपछि लक कार्यन्वयन भएको थियो ।
यस नगरपालिका–४ नं. वडा गुरुङ गाउँको एक जना व्यक्ति पिसिआर रिर्पाेट नआउँदै क्वारेन्टाइनबाट घर पठाएपछि कोरोना भइरस संक्रमित रिर्पाेट आएको थियो । संक्रमित व्यक्ति गाउँ र लिबाङ हिडेकोले भाइरसको संक्रमित रोक्नका लागि यस नगरपालिकाको बजार क्षेत्र १, २, ३ र ४ नं. वडाको बजार क्षेत्रमा लक डाउन कार्यन्वय भएको थियो भने कोरोना पुष्टि भएको १० नं. वडा र ४ न. वडाको गुरुङ गाउँलाई सिल गरिएको थियो ।

संक्रमितसँग सम्पर्कमा रहेका २० जना मानिसहरुको पिसिर परीक्षणमा नेगेटिभ रिर्पाेट आएको वडा अध्यक्ष नवराज आचार्यले बताउनुभयो । आज दिउँसो बसेको जिल्ला स्तरीय विपद व्यवस्थापन समितिले लकडाउन खोल्ने निर्णय गरेको हो । लक डाउन खुलेपछि लिबाङ बजारमा व्यवसायिहरुले आफ्नो पसलहरु खुलेका छन् । व्यक्तिहरुको पिसिआर रिर्पाेट आउनु आफैमा खुसीको कुरो हो । तर, प्रत्येक नागरिक समयमा नै सजक बन्न आवश्यक छ । होइन भने कुनै समयमा कोरोनाले महामारीकै रुप लिला भन्न सकिने अवस्था छैन । क्वारेन्टाइनमा बसेको व्यक्तिहरुको पिसिआर वा आरडिटी परीक्षणको रिर्पाेट नआउँदै घर पठाउन हुँदैन भन्ने कुरा जनप्रतिनिधि, सुरक्षा निकाय सहित अन्य सम्बन्धित निकायहरुलाई एक सिकाई भएको हुँदा घर फर्किएकाहरुलाई क्वारेन्टाइन राख्दा ध्यान पर्ने आवश्यक छ ।

जारी लक डाउनको कारण कुहिने सामाग्रीहरु सतर बाहिर राख्नेर व्यवसायिहरु बच्न बाध्यता थियो । अब यो बाध्यता अन्त्य भएको छ । तर, व्यवसायिहरुले पनि कोरोना भाइरसबाट बच्न विश्व स्वास्थ्य संगठनको जारी नियमहरुलाई पालना गर्दै व्यवसायी सञ्चालना पनि ध्यान जुरुरी छ ।

You may also like