रोल्पा आइसुलेसन केन्द्रमा आज २ जना कोरोना संक्रमित भर्ना

रोल्पा आइसुलेसन केन्द्रमा आज २ जना कोरोना संक्रमित भर्ना
असार, ३ गते
लिबाङ–रोल्पा ।

नोबेल कोरोना भाइरस (कोभिड–१९) अस्थायी आइसुलेसन केन्द्र, रोल्पामा आज २ जना संक्रमित विरामी भर्ना भएका छन् । यस आइसुलेसन केन्द्रमा भर्ना भएका सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यस आइसुलेसन केन्द्रमा थप भएका संक्रमित २ जना विरामी सहित आजसम्म ३८ जना पुगेको आइसुलेस रोल्पा मेडिकल अधिकृत डाक्टर अनिल के.सी.जानकारी दिनुभयो । उहाँको अनुसार यस आइसुलेसनमा ३५ जना पुरुष र ३ महिला संक्रमित विरामी भर्ना भएका छन् । आइसुलेसनमा भर्ना भएका विरामीमध्ये एक विरामीलाई सुख्खा खोकीको समस्या क्रमिक रुपमा सुधार भएको छ भने बाँकी सबै संक्रमित विरामीको स्वास्थ्य अवस्था सामान्य भएको उहाँले जानकारी दिनुभयो । ति सबै विरामीहरु स्वास्थ्यकर्मीको निरन्तर निगरानीमा उपचार भइरहेको छ । यस जिल्लामा पनि आकालन भन्दा बढिको संख्यामा संक्रमितको संख्या वृद्धि भइरसको अवस्थामा यस आइसुुलेसन केन्द्रलाई थप व्यवस्थापनमा आर्थिक, भौतिक सामाग्रीको अभाव भएकोले सहयोगी मनकारी मनहरुलाई सक्दो आर्थिक सहयोग वा आवश्यक भौतिक सामाग्री ससहयोगका सि.अ.हे.व. (अधिकृत)कुलबहादुर डाँगीको सम्पर्क नम्बर ९७४८५००२२५ र लेखापाल मोतिराज न्यौपानेको सम्पर्क नम्बर ९८५७८२५७३१ मा सम्पर्क गरी सहयोग गर्नु अनुरोध समेत गरिएको छ । संक्रमितको संख्या वृद्ध हुने सक्ने कुरालाई मध्येनजर गर्दै यस जिल्लामा थप आइसुलेसन केन्द्र सञ्चालनका सम्बन्धित निकायबाट विशेष पहल भएको छ ।

You may also like