नेपाली काँग्रेस पार्टी रोल्पाले सम्माननीय प्रधानमन्त्रीलाई कोरोना नियन्त्रणमा सक्रिय बन्न ज्ञापन पत्र

नेपाली काँग्रेस पार्टी रोल्पाले सम्माननीय प्रधानमन्त्रीलाई कोरोना नियन्त्रणमा सक्रिय बन्न ज्ञापन पत्र
असार, २ गते
लिबाङ–रोल्पा


नोबेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा संघीय सरकारले प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै नेपाली काँग्रेस पार्टी रोल्पाद्वारा आज जिल्ला प्रशासन कार्यालय रोल्पा मार्फट सम्माननीय प्रधानमन्त्री कार्यालय सिंह दरबार काठमाण्डैंमा ज्ञापन पत्र पठाएको हो । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार ७७ ओटै जिल्ला पार्टीले ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालयबाट सम्माननीय प्रधानमन्त्री सिंह दरबार काठमाण्डैंमा ज्ञापन पत्र पठाइएको हो ।
यस पार्टीको रोल्पा जिल्ला कार्यबाहक सभापति किशोर कुमार आचार्यले प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरलाई ज्ञापन पत्र हस्तान्तरण गर्नुभएको थियो । उहाँले ज्ञापन पत्र ग्रहण गर्दै भन्नुभयो,‘नेपाली काँगे्रस रोल्पाद्वारा जिल्ला प्रशासन कार्यालय रोल्पामा बुझाएको ज्ञापन पत्र आजै सम्माननीय प्रधानमन्त्री कार्यालय सिंह दरबारमा पठाउँछौं । तपाईहरु निर्धारित समयमा ज्ञापन पत्र सम्बन्धित निकायहमा पुग्छ भन्ने कुरामा विश्वष्ट रहनुहोस् ।’

ज्ञापन पत्रमा उल्लेख भएका पार्टीको मागहरु कार्यबाहक सभापति किशोर कुमार आचार्यले बाचन गरी प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरलाई हस्तान्तरण गर्नुभएको थियो । ज्ञापनमा नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमिट तेस्रो मूलकबाट भित्रिने क्रममा लक डाउन कडा गरिएको तर,संक्रमितको संख्या दैनिक वृद्धि हुँदै गर्दा लक डाउन कार्यन्वय नभएकोले लक डाउन लागू सहित कडाई गर्नुपर्ने, छिमेकी मूलक भारत र तेस्रो मूलकमा समस्या परेका नागरिहको उद्वारमा सरकारले निर्धारण गरेका भाडादर बढि भएकोले न्यूनतम भाडादरमा उद्वार गर्नुपर्ने, क्वारेन्टाइनमा अनिमितता, राहत वितरणमा अनिमितता, एस.ई.ई. परीक्षा सञ्चालन स्थिगत गरी आन्तरिक मूल्याङ्कनको आधारमा लब्धाङ्क पत्रको व्यवस्थाले आर्थिक अनिमितता बढ्ने भएको हुँदा प्रभावकारी मूल्याङ्कनको व्यवस्था गर्नुपर्ने, कोरोना भाइरसको कारण नागरिकको जीवन दैनिक कष्ठकर बन्दै गरेको अवस्थामा विकास निर्माणमा नागरिकहरुलाई रोजगारीको व्यवस्था गर्नुपर्ने, कोरोना भाइरसको कारण विद्यालयहरु सञ्चालन हुन नसकेको बेलामा अनलाइन कक्षा व्यवहारिक नभएकोले हाल यस जिल्लामा १३ प्रतिशत मात्र इन्टरनेटको पहँुचमा पुगको हुँदा कक्षा सञ्चालनमा प्रभावकारी बनाउनुपर्ने, कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको कोरोना विमा गर्नुपर्ने, सरकारको प्रस्तुत वजेटमा कार्यकर्तामुखि र परम्परागतमा आधारित भएको हुँदा समय सन्र्दभिक वजेट प्रस्तुत गर्नुपर्ने, कर छुत गर्नु पर्ने, कोरोना भाइरसको कारण व्यवसायीहरुको व्यवसायी बन्द भएको समयमा पनि कर दाखिला गर्ने निर्देशन समय सन्र्दभिक नभएकोले यो निर्णय सच्याउनुपर्ने, वजेट परिचालनमा प्रभावकारी र अनुगमान, दोहोर नागरिकताको विषयमा पार्टीले दिएको उजुरीलाई प्रमुख जिल्ला अधिकारीले सक्रियता पूर्वक कानुनी प्रक्रिाय अगाडि बढाउनुपर्ने, त्रिवेणी गाउँपालिका–७ रोल्पामा बाम विस्फोटमा ज्यान गुमाएका बालकको अभिभावकहरुलाई राहत उपलब्ध र ति बालकहरुलाई शहिद घोषणा गर्नुपर्ने, संघीय सरकारले एमसिसिको विषयमा आधिकारिक धारणा सार्वजनिक गरी नागरिकलाई स्पष्ट बनाउनुपर्ने, छिमेकी मूलक भारतसँगको सीमा विवाद कुटनीतिक पहल गर्नुपर्ने, सीमा क्षेत्रमा नेपाली सेना राख्नुपर्ने जस्ता समय सान्र्दभिक माग राख्दै सम्माननीय प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पठाउन जिल्लामा प्रशासन कार्यालयमा सोही पत्र पार्टीले बुझाएको हो । ज्ञापन पत्र हस्तारणमा पार्टीको नेता तथा कार्यकर्ता सहित पार्टीको भातृ संगठन तथा शुभेच्छुक संघ संगाठनहरुको प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

You may also like