सुनिल स्मृति गाउँपालिका–८ नं. वडा रोल्पामा एक जना महिला कोरोना संक्रमित पुष्टी

सुनिल स्मृति गाउँपालिका–८ नं. वडा रोल्पामा एक जना महिला कोरोना संक्रमित पुष्टी
जेठ, २८ गते
लिबाङ–रोल्पा


सुनिल स्मृति गाउँपालिका–८ नं. वडा रोल्पामा २५ वर्षीय महिला नोबेल कोरोना भाइर (कोराना–१९) आज संक्रमित पुष्टि भएका छन् । पछिल्लो समयमा भाइरस संक्रमितको संख्या बढ्न थालेको छ ।
भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको स्वाब परीक्षणमा महिलामा कोराना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अनिल के.सी.ले जानकारी दिनुभयो । भारतबाट फर्किएकी उनी क्वारेन्टाइनमै छन् । यस गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका १ सय ६७ जनाको स्वाब परीक्षणका लागि पठाईएको भएपनि सबैको रिपोर्ट बाँकी छ । ती महिला सहित यस गाउँपालिकामा ४ जना कोरोना संक्रमण देखिएको छ । जेठ २५ गते गरिएको स्वाब परीक्षणबाट तीन पुरुषमा कोरोना संक्रमण देखिएको थियो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । गाउँपालिकाबाट मात्र २ सय ७६ जनाको स्वाव परीक्षणका लागि पठाइएको रिर्पाेट आउन बाँकी छ ।

You may also like