घट्नाको सत्य तथ्य छानवीनबाट घट्नामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउँछौंः प्रमुख जिल्ला अधिकारी रानामगर

घट्नाको सत्य तथ्य छानवीनबाट घट्नामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउँछौंः प्रमुख जिल्ला अधिकारी रानामगर
जेठ, २८ गते
लिबाङ–रोल्पा


रोल्पा जिल्लाको पूर्वी गाउँपालिका–१ न्ां. पाङ रोल्पाको गैर दलित समुदायबाट दलित परिवारलाई जातिय छुवाछुत सम्बन्धि घटना सम्बन्धि दलित समुदायहरुको अग्रज व्यक्तिहरुब प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरलाई ज्ञापन–पत्र बझाएका छन् । पछिल्लो समयमा यस जिल्लामा पनि जातिय छुवाछुतको घट्नाहरु बढ्न थालेको छन् ।
सोही गाउँपालिकाको १ नं. वडा निबासी शेरबहादुर दमाई गाउँका बाह्माणवादी सोच बोकेका सामाजिक अगुवा रुपलाल घर्ती, मनिलाल घर्ती, गिरबहादुर घर्ती, जोले घर्तीमगर सहितको एक समूहले मिति २०७७ साल जेठ महिनाको २४ गते राती ९ः०० बजेदेखि ११ः०० बजेसम्मको परियार र उनको श्रीमती मिना दमाईको घरमा सुतिरहेको अवस्थामा घर घेरा हालेर हो–हल्ला गर्दै ‘त दमाईको छोरा’ भन्दै केटपिट गर्ने र परियारको श्रीमतीलाई हातपात गर्ने पटक–पटक मार्ने धम्कि दिने सहित शारिरीक तथा मानसिक याताना दिने कार्यप्रति रोल्पाली दलित समुदायको ध्यानआकर्षण हुनुका साथै घट्नाको घोर भत्र्सना गर्दै उक्त ज्ञापन पत्र जारी गरेको हुन् । दलित समुदायहरुमाथि वर्षाैदेखि गरिदै आइरहेको उत्पीडनलाई अझै बढुवा दिने दलितहरुमाथि शोषण प्रवृत्तिले जातीय विभेद भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । संघीय सरकारले लक डाउनको उलङ्घन गरी रातको समयमा सुतिरहेको अवस्थामा गएर घर घेरा हालेर जातिय विभेद गरी आक्रमण गर्नु र कुटपिट गर्ने काम अमानवीय एवं जघन्य अपराध भएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पाको ज्ञापन पत्रबाट ध्यानआकर्षण गरेका हुन् । संविधान तथा कानुनमा व्यवस्था भएको अधिकारहरुलाई उलङ्घन गर्दै कानुनका परिपालना गर्नेहरुकै संलग्नतामा यस्तो जघन्य घट्ना घटाउने संविधान र सरकारलाई चुनौती हो । तसर्थ जातिय छुवाछुतमुक्त भईसकेको, संविधान प्रदत्त अधिकारलाई पनि चुनौती दिँदै दलित समुदायमाथि आक्रमण हुनु गम्भिर मानव अधिकार उलङ्घन ज्ञापन पत्रमा दलित समुदायका अगुवाहरुको धारणा व्यक्त गरेका छन् । यस अमानवीय घट्नाको सत्य, तथ्य छानवीन गरी दोषीलाई कडाभन्दा कडा कानुनी कारवाहीको माग संघीय सरकारसँग उक्त पत्रमा गरिएको छ । यस घट्नाको सत्य तथ्य छानवीनमा सहयोगका लागि सम्पूर्ण जनप्रतिनिधि, राजनीतिकदल, सुरक्षाकर्मी, मानव अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाजहरुलाई उक्त पत्र मार्फत अपिल गर्दै प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरलाई ज्ञापन पत्र पेश गरिएको हो । अमानवीय घट्नाको सत्य तथ्य छानवीन गरी यसमा संलग्न दोषीहरुलाई कानुनी कारवाही नभएको अवस्थामा अग्रज दलित समुदायहरुले जस्तो सुकै आन्दोलनमा सहभागि हुने अवगत गराउँदै प्रमुख जिल्ला अधिकारी राना समक्ष माग समेत गरिएको छ । पीडित परिवारले न्यायको लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा मुद्दता समेत दर्ता गराएका छन् ।
उहाँले परिवर्तनको उद्गम स्थल रोल्पा जिल्लामा अमानवीय घट्ना घट्न’ आफैमा दुःखत घट्ना भएको हुँदा यस घट्नाको सत्य तथ्य छानवीन गरी घट्नामा संलग्न दोषीहरुलाई कानुनी कारवाही गरी पीडितलाई न्याय दिलाउने बताउनुभयो । अमानवीय घट्नाको सत्य तथ्य छानवीनको लागि दलित समुदायहरुको अग्रज व्यक्तिहरुसँग निरन्तर सहकार्य समन्वय गर्ने उहाँको प्रतिवद्वता व्यक्त गर्नुभयो । ज्ञापन पत्र प्रदानमा दलित समुदायको अग्रज व्यक्तित्व तथा जिल्ला समन्वय समिति रोल्पाको सदस्य कर्मलाल परियार, संयुक्त दलित जनअधिकार मञ्च रोल्पाको सचिव मानसिंह विश्वकर्मा, रोल्पा नगरपापिलका नगर कार्यापालिका सदस्य दिलमाया बि.क, नगर कार्यपालिका सदस्य गायत्री बि.क, दलित महिला सचेतन केन्द्र नेपाल रोल्पाको अध्यक्ष रेखा सुनार, ग्रामीण दलित जनअधिकार मञ्चको अध्यक्ष खड्कलाला पातध्यौती, नेपाल घरेलु महासंघ रोल्पाको सचिव मनबहादुर नेपाली, जलजला सिलाई कटाई व्यवसायी संघ रोल्पाको अध्यक्ष महाराम परियार, दलित अधिकारकर्मी टिकाराम नेपाली सहित सरोकारवाला निकायहरुको सहभागिता थियो ।
दलित समुदायहरु असुरक्षित हुने क्रमको निरन्तरतामा रोल्पाको पाङमा पनि एक दलित समुदायको घरमा राती घर घेरा हाली जातीय विभेद गर्दै कुटपिट गरेको लुंग्री १ पाङ ऐपे निवासी पीडित शेरबहादुर परियारले बताउनुभएको छ । पीडित शेरबहादुर परियारले भन्नुभयो,‘२४ गते दिनमा मलाई र श्रीमतिलाई त दमाई, तेरो बंश नास पारी दिन्छु भने र हामी बसीरहेका थियौँ, राती ९ बजेदेखि ११ बजेसम्म हाम्रो घरमा २५ जनाको समूह आएर घर घेरा हाली, मलाई त दमाई भन्दै मलाई र मेरो श्रीमतिलाई हातपाट कुटपिट गरेका हुन् ।’ उहाँले आफूलाई जातीय विभेद गरेको भन्दै इलाका प्रहरी कार्यालयमा २५ गते आईतबार साँझ १९ जना विरुद्ध उजुरी दिनुभएको इलाका प्रहरी कार्यालय सुलिचौरका प्रमुख सुरेन्द्र धमलाले बताउनुभयो । पीडित परिवारले प्रहरी कार्यालय सुलिचौर रोल्पामा लुंग्री १ पाङ निवासी रुपै घर्ती, मतिलाल घर्ती, मतिलाल घर्ती, गिरबहादुर घर्ती, जाले घर्ती, जानकुमार घर्ती, शेरबहादुर घर्ती, चित्रबहादुर घर्ती, श्रवण घर्ती लगायत १९ जनाको नाममा उजुरी परेको प्रहरी कार्यालय प्रमुख सुरेन्द्र धमलाले बताउनुभयो । अनुसन्धान हुने बताउनुभयो ।
उता आफ्नो नाममा उजुरी परेपछि रुपै घर्तीमगरले आफूहरु शेरबहादुर परियारको घरमा करिव ७ बजेदेखि ८ बजेको बीचमा गएको र त्यहाँ दलित समुदायहरुलाई जातीय विभेद नगरेको दाबी गर्नुभएको छ । २१ औँ शताब्दीमा मानिस, मानिस समान हुने संविधानमै व्यवस्था हुँदा र पश्चिम रुकुमको घटना सेलाउन नपाउँदै जनयुद्धको उद्घम स्थल रोल्पामै यस्तो घटनाहरुले फेरी समाज पश्च गमनतीर गइरहेको संकेत हुन्छ । त्यसमा सबै सरोकारवाला निकायले ध्यान दिनु पर्ने अवस्था देखिन्छ ।

You may also like