राेल्पामा पहिलाे पटक ३ जना संक्रमित

सुनिल स्मृति गाउँपालिका–५ र ६ नंं.मा ३ जनाको कोरोना भाइरस संक्रमित रिपोर्ट सार्वजनिक
जेठ, २५ गते
लिबाङ–रोल्पा

सुनिल स्मृति गाउँपालिका कार्यालय– ५ र ६ नं. वडामा रहेको क्वारेन्टाइन राखिएका ३ जनाको नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएको रिपोर्ट सार्वजनिक भएको छ । यो रिपोर्ट सार्वजनिक हुँदा रोल्पा जिल्लामा नोबेल कोरोना भाइरस संक्रमित देखिएको छ ।
संक्रमितमध्ये २ जनाको स्वाब परीक्षण्का लागि बाँकेको भेरी अस्पताल र एक जनाको स्वाब दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको हो । यस गाँउपालिका–५ नं. वडाका २ जना क्रममा २० र २७ वर्षका र सोही गाउँपालिका–६ नं. वडाका २२ वर्षको रहेको गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयले बताएको छ । ति तीनै जना भारतबाट आएका हुन् । यसअघि ५ नं. प्रदेशको अन्य ११ जिल्लामा देखिए पनि रोल्पामा भने कोरोना संक्रमण देखिएको थिएन । यस जिल्लाको प्रया सबै स्थानीयतहरुमा छिमेकी राष्ट्र भारत र जिल्ला बाहिरबाट  फर्किएकाहरु क्वारेन्टाइनमा राखिएका छन् । क्वारेन्टाइनमा बसेको सबैको स्वाब परीक्षण गरी घर पठाउन व्यवस्था स्थानीयतहरुले मिलाउन सकेका भने पक्कै पनि सुरक्षित हुन सक्छ । त्यसैले यस गाउँपालिका कार्यालयले क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी परीक्षण नगरी पिसिआरलाई विशेष प्रथामिकता दिएको छ । अन्य स्थानीयतहरुले पनि यसतर्फ ध्यान पु¥याउन आवश्यक छ ।

You may also like