नगर कार्यापालिकाको १५ औं बैठक सम्पन्न, आइतबारदेखि दैनिक बैंकिङ कारोबारोको लागि अनुरोध

नगर कार्यापालिकाको १५ औं बैठक सम्पन्न, आइतबारदेखि दैनिक बैंकिङ कारोबारोको लागि अनुरोध

जेठ, २३ गते
लिबाङ–रोल्पा ।


रोल्पा नगरपालिका कार्यालय रोल्पाको १५ औं कार्यपालिका बैठक आज सम्पन्न भएको छ । बैठकबाट विभिन्न जनहितमा आधारित निर्णय पारित भएको छ ।
यस बैठकले नोबेल कोरोना भाइरस (कोभिड–१९) रोगको यो जोखिम परिस्थितिमा नेपाल सरकारको निर्णय बमोजिम कोभिड विशेष कृषि कार्यक्रम, २०७७ सञ्चालन गर्ने निर्णय गरेको छ । जसका लागि रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलको अध्यक्षतामा एक समिति गठन भएको छ । यस समितिमा शाखा प्रमुख निम प्रसाद शर्मा, लेखा शाखाका सुदिप डांगि, कृषि तथा पशु शाखाका दिलमाया डागि र कृषि शाखाका महेन्द्र पुन सदस्य सचिव रहने गरि समिति गठन भएको छ ।
समितिले आमन्त्रिततर्फ नगर उप प्रमुख मनकुमारी घर्ती र प्रधानमन्त्री आधुनिकिकरणका प्रमुख लाई विज्ञका रुपमा राख्ने निर्णय भएको छ । यसै गरि विदेश तथा देश बाहिरबाट आउने रोल्पा नगरपालिकाबासिहरुको यातायात व्यवस्थापनका लागि स्वास्थ्य शाखा प्रमुख टंक गिरि संयोजकत्वमा, बिपिन कँवर, चित्र सेन, बेदुराम आचार्य रहने गरि एक समिति गठन गरेको छ । सोही नगर प्रमुख पूर्ण के.सी.को अध्यक्षतामा रोल्पा नगरपालिकामा सम्पन्न बैठकले नगरबासिहरुलाई कोरोनाको यो जोखिमपूर्ण परिस्थितिमा कृषिमार्फत स्वरोजगार बनाउने अभियान सहित भारत वा देश बाहिरबाट आएका नागरिकका लागि अनुदान प्रदान गर्ने कार्यक्रम अघि बढाएको हो । यसैगरि नगरबासिहरुलाई बैंकिङ कारोबारमा समस्या उत्पन्न भएको हुँदा आइतबारदेखि दैनिक रुपमा बैंकिङ सेवा प्रदान गर्न बैंकहरुलाई अनुरोध गर्ने निर्णय भएको छ । बैठकमा नगर कार्यपालिकाका पदाधिकारिहरु सहित कृषि शाखाका पदाधिकारिहरुको समेत सहभागिता रहेको थियो ।

You may also like