नेपालमा ९ जनाको मृत्य, २ हजार ३ सय संक्रमित

रोल्पा समाचार जेष्ठ २१


नेपालमा कोरोनाका कोरोना भाइरस संक्रमणबाट अर्को एकजनाको मृत्यु भएको छ । दोलखाका १ जनाको मृत्यु भएपछि ९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यसैगरी बहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो सँगै मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ । नेपालमा नेपालमा कुल संक्रमितको सख्या २ हजार ३ सय पुगेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आज २०१ संक्रमित थप भएका हुन् ।
थपिएका नयाँ संक्रमितहरुमा धनकुटा र सप्तरीका १–१ जना, ताप्लेजुङका ३, पाँचथरका १, पर्साका ७, दैलेखका १, सल्यानका ३, मोरंङ र झापाका २–२, तेह्रथुमका १ र सुनसरीका ८ जना रहेका छन् ।
त्यसैगरी कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २, रुपन्देहीका २६, महोत्तरीका ९, दैलेखका ६, कालिकोटका ७, दाङका ८, प्युठानका २, धनुषाका १ जना, काठमाडौँ मेडिकल कलेज र टोखाका गरी ३ जना, नवलपरासीका ८, रौटहटका ११, रुपन्देहीका १, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताउनु भयो । उहाका अनुसार थप तीन जिल्लामा कोरोना देखिएसँगै अहिलेसम्म ६४ जिल्लाका संक्रमित भेटिएका छन् ।
यस्तै मुलकभर क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ५५ हजार ८६८ रहेको छ । २४ घण्टामा डिस्चार्ज हुनेमा थप १२ जना रहेका छन् । हालसम्म निको भएर घर फर्केनहरुको संख्या २ सय ७८ पुगेको छ ।
मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख २० हजार ३ सय ७९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ८० हजार २ सय ६७ परीक्षणहरु गरिएका छन् ।

You may also like