गा.पा. प्रबक्ताको विज्ञप्तीमा वडा अध्यक्षले अप शब्द बोल्दै गा.पा. अध्यक्षलाई हातपात गरेको निष्कर्ष

रोल्पा समाचर, जेठ १० लिबाङ


सुनिलस्मृति गाउँपालिका गाउँ कार्यपालिकाको बैठकमा गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगर र वडा नं. ४ का वडा अध्यक्ष गञ्जबहादुर क्षेत्री बीचमा विवाद एवं हानहानको विषयमा सुलिनस्मृति गाउँपालिकाका प्रवक्ता नबराज थापाले शनिबार एक प्रेश विज्ञप्ती जारी गर्नुभएको छ । वडा अध्यक्ष क्षेत्रीले माथिल्लो निकायको निर्णय उल्घन गरेको कारणले उक्त विवाद भएको सो विज्ञप्तीमा बताइएको छ ।
शनिबार जारी विज्ञप्तीमा वडा अध्यक्षले ३ वटा गाउँपालिकाको अध्यक्ष स्तरको बैठकमा आफू पनि सहभागी भइ आफैले हस्ताक्षरसमेत गरेको निर्णय उल्घन गरेको बताउँदै सो निर्णयप्रति गाउँपालिकका अध्यक्ष ले पटक पटक सम्झाउँदा पनि नमानेपछि विवाद भएको उल्लेख गरिएको छ ।


लकडाउन एवं कारोनो भाइरस नियन्त्रणका लागि जेठ ६ गते रोल्पाको पूर्वी व्यापारिक केन्द्र सुलिचौर एवं रुइनीबाङसहित अन्य कामहरुलाई एक रुपतामा कार्यन्वय गर्नका लागि सुलिनस्मृति गाउँपाकिला अध्यक्ष गुणेन्द्र घर्तीमगर, सुनछहरी गाउँपालिका अध्यक्ष आसबहादुर पुनमगर र लुंङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्का सम्मेलित बैठकमा वडा नं. ४ का वडा अध्यक्ष गञ्जबहादुर महरा पनि बैठकमा सहभागी हुनुभएको सो विज्ञप्तीमा उल्लेख गरिको छ ।
सो बैठकको निर्णय नं. २ मा तिनवटा गाउँपालिका बैक संस्था एवं वित्तियसँस्था विभिन्न आयोजना एवं दैनिक कारोबार चलाउनको एक दिन भिड हुने भएकोले सार्वजनिक विदाबाहेक अन्य दिनमा कारोवार गरि दिनका लागि अनुरोध गर्ने, लागि सो बैठकमा निर्णय नं. ३ मा खाद्यान्न लगायत अति आवश्यक सामाग्रीहरु सुरक्षित पूर्वक ढुवानी गर्नका लागि वडाको रिफारिसमा गाउँपालिकाको अनुमतिमा सहजीकरण गर्ने, बजारमा सामाजिक दुरी एवं अत्य आवश्यक सामाग्रीहरुको लागि विहान ८ बजेबाट दिउसो ४ बजेसम्म ढुवानीका लागि अन्य किनमेल गर्नका लागि अनुमति दिने निर्णय गरेको थियो ।
यस विषयमा पटक पटक सम्झाउँदै गर्दा अनि तीनवटा गाउँपालिकाको भुगोल र जनताकालागि गरिएको निर्णयलाई पनि आफ्ना वडाको निर्णयको अडानमा रिफासिर रोकेको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । आफू नजिककालाई मात्रै खाद्यान्न तथा अन्य कामका लागि सिफारिस गर्ने र अरु सर्बसाधारणलाई सिफारिस नै नदिने कार्यमा अध्यक्षले भन्दा अध्यक्षमाथी नै अपशब्द बोलेको समेत उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । अपशब्द बोलेकोमा गाउँपालिका अध्यक्षले पनि बोल्दा एक्कासी गाउँपालिका अध्यक्ष घर्तीमाथी नै हातपात गरेको प्रवक्ता थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै अर्काे सूचना नभएसम्म गाउँपालिकाको बैठक स्थगित गरिएको समेत गाउँपालिका प्रवक्ता नबराज थापाले बताउनुभएको छ । सामाजिक सञ्जालहरुमा आएका विचारहरु एकतर्फे भएको भन्दै सत्य बुझेर लेख्न र बोल्नका लागि पनि सोही विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

You may also like