प्रमुख जिल्ला अधिकारी ढकालद्धारा  आज थबाङको क्वारेन्टाइनकाे अनुगमन

प्रमुख जिल्ला अधिकारी ढकालद्धारा  आज थबाङको क्वारेन्टाइनमा अनुगमन
बिमल राज डाँगी
जेठ ९ गते, थबाङ रोल्पा ।


प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल सहितको एक टोलिले आज थबाङ गाउँपालिका रोल्पाले निर्माण गरेको वीर बलभद्र नमूना मध्यामिक विद्यालय थबाङको क्वारेन्टाइनको अनुगमन गर्नुभएको छ ।
उहाँले नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्ने भनेको अरुसँग को दुरी कायम गर्ने रहेको र जिल्ला बाहिर बाट आएका हरुलाई क्वारेन्टाइनमा राख्नु भनेको उनिहरु संक्रमण भएर हैन संघीय सरकारले तय गरेको नीति कार्यन्वयनको क्रममा जिल्ला वा देश बाहिरबाट घर फर्किएकाको भाइरसको पहिचानमा सहज होस् भनेर क्वारेन्टाइनमा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘अहिले नै आतिनु पर्ने अवस्था छैन । तर, नेपालमा संक्रमणको संख्या बढे पनि यस रोगलाई जितेर घर धेरै फर्किसकेको अवस्था भएकोले साह्रै आतिहाल्नु पर्ने अवस्था नभएता पनि यसबाट सजग हुनुपर्छ ।’ साथै कोरोना भाइसरको बारेमा सबैले राम्रोसँग जान्न जरुर रहेको र फिल्डमा खटेर कोरोन विरुद्ध जनतको सेवामा खटिरहनु भएको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीहरु सुरक्षित भई जनाताको सेवामा खटिन समेत उहाँले अनुरोधराध गर्नुभयो । यस जिल्लाका विभिन्न स्थानीयतहहरुले निर्माण गरेको क्वारेन्टाइनको अनुगमनमा क्रममा प्रमुख जिल्ला अधिकारीम ढकाल हिजो आइपुग्नु भएको हो । क्वारेन्टाइनमा रहेको व्यक्तिहरुलाई भेटेर उनीहरुको अवस्था र क्वारेन्टाइनको जानकारी लिनुभयो । थबाङ गाउँपालिकाले निमार्ण गरेको क्वारेन्टाइनमा जिल्ला बाहिरबाट आएका ७० जना रहेका छन् ।
यस गाउँपालिकाको क्वारेन्टाइनको अनुगमनमा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत रेवत बहादुर बुढाथोकी,स्वास्थ्य शाखा संयोजक तुल बहादुर पुन, भण्डार शाखा प्रमुख अधिकार बुढा इलाका प्रहरी कार्यलय थबाङमा इन्चार्ज सुमन ओझा सहित सरोकारवाला निकायहरुको सहभागिता थियो ।

You may also like