ऊर्जामन्त्री वर्षमान पुनमगरदेखि सरोकारवाला निकायको पहलमा २ हजार ७९७ जना मजदुर रोल्पा आए

रेशम विश्वकर्मा
लिबाङ–रोल्पा
बैशाख १०


रोल्पा जिल्लाबाट स्वदेशको विभिन्न ठाउँमा मजदुरीमा गएकाहरु आजसम्म २ हजार ७९७ जना घर फर्किएका छन् । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगरको प्रमुख पहल तथा सरोकारवालको समन्वयनयमा रोल्पाका मजदुरहरु उद्धार गरिएको छ । रोल्पाबाट निर्वाचित भई मन्त्री बन्नुभएको एवं जनप्रतिनिधिहरु र सरोकारवाला निकायले महा विपद्को बेलामा गरिएको उद्धार गरी गृह जिल्ला पठाएपछि तीनै मजदुरहरु घर फर्किएका  हुन् । तीनीहरुलाई कतिपय स्थानीयहरुलाई व्यवस्थापन गर्न सजिलो नै भएको भए पनि कतिपय स्थानीयतहरुलाई निकै सकस परेको छ । रोल्पा नेता एवं जनप्रतिनिधीहरुले गरेको काम तथा उद्धारलाई रोल्पालीबासी सकरात्मक कदम भएको विभिन्न इट्टा उद्योगबाट रोल्पामा आई पुगेका मजदुरहरुले बताउँदै धन्यवाद दिएका छन् ।


रोल्पा जिल्लाबाट काठमाण्डौं, भक्तपुर, ललितपुर, काभ्रे, धाढिङ पोखरा लगायतको स्थानमाहरुमा सिजनमा संयौं मजदुरहरु घरपरिवार नै लगेर ६ महिनाको लागि जीवन धान्नका लागि प्रमुख पेशाको रुपमा अंगाल्दै जाने गर्दछन् । यसै कार्यमा काठमाण्डौमा मन्त्री वर्षमान पुनमगर, पूर्व सभामुख ओनसरी घर्तीमगर, शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीमगर लगायतको टोलीले सचिवालयमै केन्द्रीत गरेर अलपत्र परेका मजदुरहरुलाई उद्धार गरि गरिएकाे हाे ।  प्रदेश नं. ५ मा रोल्पा जिल्लाका नागरिहरु अलपत्र परेमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगर लगायतले सक्रिय भूमिका निर्वाह गर्दै अाएका छन् ।  त्यसैगरी रोल्पा जिल्लामा सबैभन्दा बढी व्यवस्थानको काममा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम घर्ती लगायत रुन्टीगढी गाउँपालिका, सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगर लगायत गाउँपालिकाको टिमले रोल्पाकाे प्रवेश नाकाबाट व्यवस्थापन गर्दै अन्य स्थानीयतहमा पठाई रहेका छन् ।


दैनिक सयौं संख्यामा जिल्ला बाहिर रहेका जिल्लाबासीहरु घर फर्किदा गाउँघरका मानिसहरु नोबेल कोरोना भइरस (कोभिड–१९) को संक्रमित बढ्ने चिन्ताले त्रसिट नबेका होइन । तर, घर फर्किएकाहरुलाई जिल्लाका स्थानीयतहरु र वडाहरुको सक्रियतामा क्वारेन्टाइनमा राख्ने भएको हुँदा चिन्ता गर्नुपर्ने अवस्था भने छैन । अब केही दिनमा त्रसिट नभई सजक पूर्वक आ–आफ्नो होम क्वारेन्टाइनमा बस्नु पर्ने अपहरिर्याता छ । आजसम्म जिल्लाको क्वारेन्टाइन वेदको संख्या २ हजार ५३० ओटा रहेको छन् भने २ हजार ४१५ जना क्वारेन्टाइनमा बसेका छन् । तर, थप संख्यामा जिल्लाबासीहरु घर फर्किने क्रम जारी छ । साथै जिल्ला भित्रिनेको संख्या थप बढ्ने निश्चित् छ । त्यसैले क्वारेन्टाइन सहित उपचार सामाग्रीहरुको व्यवस्थापनमा सम्बन्धित निकायहरुले ध्यान जुरुरी छ । अबको करीव दुई हप्तापछिको ¥यापिड परीक्षणको रिजल्ट कस्तो आउँछ, त्यस परिणामले मात्र जिल्लाका कोरोना भाइरसको संक्रमितको संख्या निर्धारण गर्छ । संघीय सरकारले भाइरसको संक्रमित नियन्त्रणका लागि लागू गरेको लक डाउनको समयवधि पटक–पटक म्याद थपले मजदुरीको शिलशिलमा जिल्ला बाहिरका जिल्लाबासीहरु समस्यामा परेका थिए । मजदुरका समस्याहरुलाई संघीय सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री माननीय वर्षमान पुन ‘अनन्त’, प्रतिनिधि सभा सदस्य माननीय एवं शिक्षा र स्वास्थ्य समितिको संयोजक जयपुरी घर्ती, पूर्व सभामुख ओनसरी घर्तीमगर सहित अन्य सरोकारवाला निकायहरुको विशेष पहलमा घर फर्किदा ति जिल्लाबासीहरुमा खुसीको सीमाना नै छैन । तर, घर फर्किएकाहरू इमान्दारपूर्वक क्वारेन्टाइनबासी अलस नागरिकको भूमिका निर्वाहमा ध्यान दिन जरुरी छ । इमान्दरपूर्वक क्वारेन्टाइनमा बस्नका लागि स्थानीयतहरु सहित अन्य सरोकरावाला निकायहरुले पनि सक्रिय भूमिका निर्वाह गर्नु जररी छ । यो समयमा सयौं जना नगपालिका÷गाउँपालिकाबासीहरु घर फर्किदा स्वभाविकै रुपमा स्थानीयतहरुलाई क्वारेन्टाइनको व्यवस्थापनसहित उपचार समाग्रीको व्यस्थापनमा समस्या उत्पन्न पनि नभएको होइन । क्वारेन्टाइन व्यस्थापन सहित अन्य उपचार सामाग्रीको व्यवस्थापनमा यस जिल्लाको एक नगरपालिकाको नगर प्रमुख पूर्ण के.सी, जिल्ला प्रशासन कार्यालय रोल्पा र ९ ओटा गाउँपालिकाहरुको अध्यक्षहरुले कसरी व्यस्थापन गर्दै हुनुहुन्छ । उहाँको धारणा समेत प्रस्तुत गरिएको छ । तर, यो समाचार तयार पर्दासम्म गंगादेवा गाउँपालिका र सुनिल स्मृति गाउँपालिका अध्यक्षसँग फोन सम्र्फक नहँुदा दुई गाउँपालिको समाचार प्रस्तुत हुन सकेन । तर, फोन सम्पर्क भएपछि यि दुई गाउँपालिकाको तयारी सम्बन्धि समाचार प्रस्तुत गर्नेछौं ।


रोल्पा नगरपालिका कार्यालय रोल्पा

                                                                                                     नगर प्रमुख पूर्ण के.सी.
‘यो समयमा मजदुरीको शिलसिलामा विभिन्न इट्टा भट्टा सहित अन्य ठाउँमा पुगेकाहरु समस्यामा परेको थिए । तर, संघीय सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री माननीय वर्षमान पुन ‘अनन्त’ सहित सरोकावाला निकायहरुको विषेश पहलमा घर फर्किदा समस्याबाट मुक्त भएका छन्,’नगर प्रमुख पुर्ण के.सी.ले भन्नुभयो । उहाँले नगरबासीहरु घर फर्किने क्रम जारी छ, जसले हालसम्म संख्या निर्धारण भएको छैन । तर, घर फर्किएका सबै नगरबासीहरुलाई सम्बन्धित वडा कार्यालयहरुबाट निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको बताउनुभयो । यो समयमा घर फर्किएका नगरबासीहरुमध्ये अप्रेसन गरेका विरामी र दीर्घ रोगीहरुको सन्दर्भमा अस्पतालको सुझाव अनुसार क्वारेन्टाइनमा राखिएको छ भने अन्य सबै जनालाई क्वारेन्टाइनमा नै राखिएको बताउनुभयो । विभिन्न जिल्लाबाट घर फर्किएकाहरुलाई होम क्वारेन्टाइनमा राखेको भने कुरामा सत्ता छैन । नगरपालिकाको पहलमा घर फर्किएका नगरबासीहरुलाई क्वारेन्टाइनमा राखिएको छ भने ति सबै जनाको ¥यापिड परीक्षण गरी मात्र क्वारेन्टाइनबाट घर पठाउने भएको हुँदा नगरबासीहरुलाई त्रसिट नभई सुरक्षित पूर्वक घरमै बस्न उहाँले अनुरोध गर्नुभयो ।

                                                                                          जिल्ला प्रशासन कार्यालय रोल्पा

                                                                                      प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल
‘विश्वभरि महामारी रुपमा फैलिएको नोबेल कोरोना भइरस (कोभिड–१९)को संक्रमित नियन्त्रणको लागि संघीय सरकारले कार्यन्वयन गरेको लक डाउनको पकट–पटक म्याड थपले स्वेदशको विभिन्न ठाउँहरुमा मजदुरीमा गएका जिल्लाबासीहरु विषेश प्रभाव परेको थिए । यो संकटको समयमा संघीय सरकार उर्जा, जलस्रोत तथा सिचाई मन्त्री माननीय वर्षमान पुन ‘अनन्त’ र शिक्षा र स्वास्थ्य समिति संयोजक एवं प्रतिनिधि सभा सदस्य माननीय जयपुरी घीर्तीमगर सहितका सरोकारवाला निकायहरुको पहलमा ति मजदुरीहरुको उद्वारले पक्कै पनि खुसी छाएको छ भने यातायातको साधनको अभावले केही मजदुरहरु अझै पनि समस्या छन् । अलपत्र परेका मजदुरहरुको उद्वार गरी यो संकटको समयमा सुरक्षित राख्नु पर्छ ।’ उहाँले आजसम्म २ हजार ७९७ घर फर्किएका छन् । त्यसैगरी आजसम्म क्वारेन्टाइनमा २ हजार ४१५ जना राखिएको छन् भने आजसम्म यस जिल्लामा २ हजार ५२० वेदको क्वारेन्टाइन संख्या भएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । हजारौं संख्यामा घर फर्किने क्रम जारी भएको केही दिनमा घर फर्किनेको संख्या हजारौं थप हुने उहाँको धारणा थियो । छोटो समयमा हजारौं संख्या जिल्लामा भित्रिदा क्वारेन्टाइन निर्माण सहित अन्य व्यवस्थापनमा समस्या उत्पन्न हुन सक्छ । तर, स्थानीयतहरुले घर फर्किएकाहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था सहित अन्य व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको प्रमुख जिल्ला अधिकारी ढकाले बताउनुभयो । उहाँले घर फर्किएकाहरुको क्वारेन्टाइन सहित अन्य व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालय रोल्पाको तर्फबाट गर्ने सबै सहयोगको बाँकी राख्ने उद्घोष समेत गर्नुभयो । क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको ¥यापिड परीक्षणका लागि करीव ४ हजार ओट परीक्षण सामाग्री, पिपिइ सहित अन्य सामाग्री सम्बन्धित निकायमा माग गरेको बताउनुभयो । ¥यापिड परीक्षणको सामाग्री समयमा नै उपलब्ध भएपनि पिपिइ अभावले परीक्षणमा प्रभाव पर्ने सक्ने उहाँको धारणा व्यक्त गर्नुभयो । गाउँपालिकाले प्रत्येक वडामा यो समयमा घर फर्किएका गाउँपालिकाबासीहरुलाई वडा अध्यक्ष, वडा सदस्य सहित सरोकारवाला निकायहरुको सक्रियतामा क्वारेन्टाइनमा राख्दै आएको जानकारी दिनुभयो । घर फर्किएका व्यक्तिहरुले इमान्दारिपूर्वक क्वारेन्टाइनमा बस्ने र अन्य गाउँपालिकाबासीहरुलाई संकटको समयमा त्रसिट नभई सजक पूर्वक बस्न उहाँले अनुरोध गर्नुभयो ।

                                                                                                        थबाङ गाउँपालिका कार्यालय रोल्पा

                                                                                                    गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगर
उहाँले लक डाउन पश्चात् घर फर्किएका गाउँपालिकाबासीहरुलाई वडा कार्यालयहरुले निर्माण गरेको क्वारेन्टाइनमा संघीय सरकारले नीति अनुसार १४ दिनपछि ¥यापिट परीक्षण गरी घर पठाएको अवस्था छ भने पछिल्लो समयमा घर फर्किएका गाउँपालिकाबासीहरुलाई सोही अनुसार क्वारेन्टाइनमा राख्ने व्यवस्था गाउँपालिकाले गरेको गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरले बताउनुभयो । उहाँले गाउँपालिकाले प्रत्येक वडामा यो समयमा घर फर्किएका गाउँपालिकाबासीहरुलाई वडा अध्यक्ष, वडा सदस्य सहित सरोकारवाला निकायहरुको सक्रियतामा क्वारेन्टाइनमा राख्दै आएको जानकारी दिनुभयो । आजसम्म जिल्ला बाहिर रहेको गाउँपालिकाबासीहरु घर फर्कि सकेको अवस्था छैन, फर्किने क्रम जारी रहेको गाउँपालिका अध्यक्ष घर्तीमगर बताउनुभयो । गाउँपालिकामा भित्रिने संख्याको आधारमा थप क्वारेन्टाइनको व्यवस्थापन भइरहेको हुँदा इमान्दारिपूर्वक क्वारेन्टाइनमा बस्न र अन्य गाउँपालिकाबासीहरुलाई संकटको समयमा त्रसिट नभई सजक पूर्वक बस्न उहाँले अनुरोध गर्नुभयो । लक डाउनको समयमा खाद्यन्नको समस्यामा परेको त्यस्ता विपन्न परिवारहरुलाई राहत विरतणको लागि प्रत्येक वडा कार्यालयबाट तथ्याङ्क संकलन गरी राहत वितरणको कार्य विशेष प्राथमिक गाउँपालिकाले दिएको बताउनुभयो ।

                                                                                         परिवर्तन गाउँपालिका कार्यालय, रोल्पा

                                                                                          गाउँपालिका अध्यक्ष निमकान्त डाँगी
‘हालसम्म यस गाउँपालिकामा करीव ३ सय जना गाउँपालिकाबासीहरु फर्किएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ, थप गाउँपालिकाबासीहरु घर फर्किने क्रममै छन्,’ गाउँपालिका अध्यक्ष निकान्त डाँगीले भन्नुभयो । गाउँपालिकामा भित्रिने संख्याको आधारमा थप क्वारेन्टाइनको व्यवस्थापन भइरहेको हुँदा इमान्दारिपूर्वक क्वारेन्टाइनमा बस्न र अन्य गाउँपालिकाबासीहरुलाई संकटको समयमा त्रसिट नभई सजक पूर्वक बस्न उहाँले अनुरोध गर्नुभयो । गाउँपालिकाबासीहरुले उपचारको सामाग्रीहरु सम्बन्धित निकायहरुमा विशेष पहल गर्दै आएको छ । आगामी दिनमा क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिड परीक्षणका लागि आवश्यक सामाग्रीहरुको पनि अनुरोध गरेको उहाँले बताउनुभयो । उहाँले गाउँपालिकाले प्रत्येक वडामा यो समयमा घर फर्किएका गाउँपालिकाबासीहरुलाई वडा अध्यक्ष, वडा सदस्य सहित सरोकारवाला निकायहरुको सक्रियतामा क्वारेन्टाइनमा राख्दै आएको जानकारी दिनुभयो । आजसम्म जिल्ला बाहिर रहेको गाउँपालिकाबासीहरु घर फर्कि सकेको अवस्था छैन, फर्किने क्रम जारी रहेको गाउँपालिका अध्यक्ष डाँगीले बताउनुभयो । गाउँपालिकामा भित्रिने संख्याको आधारमा थप क्वारेन्टाइनको व्यवस्थापन भइरहेको हुँदा इमान्दारिपूर्वक क्वारेन्टाइनमा बस्न र अन्य गाउँपालिकाबासीहरुलाई संकटको समयमा त्रसिट नभई सजक पूर्वक बस्न उहाँले अनुरोध गर्नुभयो ।


माडी गाउँपालिका कार्यालय, रोल्पा

                                                                                              गाउँपालिका अध्यक्ष नन्दबहादुर पुन
गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले भन्नुभयो,‘हालसम्म रोजगारीको शिलशिलमा विभिन्न ठाउँबाट करीव २८७ जना गाउँपालिकाबासीहरु घर फर्किएका सबै जनालाई क्वारेन्टाइनमा राखिएको छ ।’ ‘पहिलो चरणमा क्वारेन्टानमा बसेका गाउँपालिकाबासीहरुको ¥यापिड परीक्षण गरी घर फर्काइ सकेको छ । भने अहिले क्वारेन्टाइनमा बसेको सबै जनाको ¥यापिड परीक्षण गरेर मात्र घर पठाइन्छ,’ उहाँले भन्नुभयो । हालसम्म ४० प्रतिशत गाउँपालिकाबासीरु मात्र घर फर्किएका छन् भने बाँकी ६० प्रतिशत गाउँपालिकाबासीहरु घर फर्किन बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले गाउँपालिकाले प्रत्येक वडामा यो समयमा घर फर्किएका गाउँपालिकाबासीहरुलाई वडा अध्यक्ष, वडा सदस्य सहित सरोकारवाला निकायहरुको सक्रियतामा क्वारेन्टाइनमा राख्दै आएको जानकारी दिनुभयो । आजसम्म जिल्ला बाहिर रहेको गाउँपालिकाबासीहरु घर फर्कि सकेको अवस्था छैन, फर्किने क्रम जारी रहेको गाउँपालिका अध्यक्ष पुनमगरले बताउनुभयो । गाउँपालिकामा भित्रिने संख्याको आधारमा थप क्वारेन्टाइनको व्यवस्थापन भइरहेको हुँदा इमान्दारिपूर्वक क्वारेन्टाइनमा बस्न र अन्य गाउँपालिकाबासीहरुलाई संकटको समयमा त्रसिट नभई सजक पूर्वक बस्न उहाँले अनुरोध गर्नुभयो । क्वारेन्टाइनमा राखिएका गाउँपालिकाबासीहरुको ¥यापिड परीक्षण सहितका आवश्यक सामाग्रीहरु सम्बन्धित निकायमा समन्वय गरिरहेको गाउँपालिपका अध्यक्ष पुनले जानकारी दिनुभयो ।


                                                                                                        त्रिवेणी गाउँपालिका कार्यालय रोल्पा

                                                                                                           गाउँपालिका अध्यक्ष शान्तकुमार वली
‘हालसम्म करीव ५ सय जना गाउँपालिकाबासीहरु घर फर्किएका सबैलाई वडाहरुको विभिन्न विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । पहिलो चरणको ¥यापिड परीक्षण संक्रमित नभएकालाई घर पठाएको छ,’ गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले बताउनुभयो । उहाँले भन्नुभयो,‘संघीय सरकारले घरसम्म गाउँपालिकाबासीहरुलाई पु¥याएर सफल्ता हासिल गरि सकेयो । घर फर्किएका गाउँपालिकाबासीहरुकोे लागि क्वारेन्टाइनको व्यवस्थापनमा समस्या उत्पन्न भएको बेला थप घर फर्किने गाउँपालिकाबासीहरुको उच्च संख्या भित्रिने क्रममै भएको गाउँपालिकालाई थप समस्या उपन्न भएको छ । तर, गाउँपालिकालको स्थानीयत स्रोत साधनको प्रयोगबाट क्वारेन्टाइनको व्यवस्थापन गर्दै आएको छ ।’ गाउँपालिकामा भित्रिने संख्याको आधारमा थप क्वारेन्टाइनको व्यवस्थापन भइरहेको हुँदा इमान्दारिपूर्वक क्वारेन्टाइनमा बस्न र अन्य गाउँपालिकाबासीहरुलाई संकटको समयमा त्रसिट नभई सजक पूर्वक बस्न उहाँले अनुरोध गर्नुभयो । साथै उहाँले क्वारेन्टाइनमा राखिएको संख्या आधारमा उपचार सामाग्री उपलब्धको लागि सम्बन्धित निकायमा समन्वयन गर्दै आएको गाउँपालिका अध्यक्ष वलीले बताउनुभयो ।


                                                                                    रुन्टीगढी गाउँपालिका कार्यालय, रोल्पा

                                                                                       गाउँपालिका अध्यक्ष बालाराम बुढामगर
गाउँपालिका अध्यक्ष बालाराम बुढामगरले भन्नुभयो,‘यस गाउँपालिकामा हालसम्म ७१० जना घर फर्किएका सबै जनालाई वडाको विभिन्न विद्यालयहरुको क्वारेन्टाइनमा राखिएको । घर फर्किने क्रम जारी भएको हुँदा घर फर्किने गाउँपालिकाबासीहरुको संख्या वृद्धि सम्भावना छ । सोही संख्यालाई गाउँपालिकाले मध्यनजर गर्दै थप क्वारेन्टाइनको व्यवस्था गर्दै आएको छ ।’ क्वारेन्टाइनमा बसी समवधि पूरा गरेका गाउँपालिबासीहरुको ¥यापिड परीक्षण गरी भाइसर संक्रमित नभएकाहरुलाई घर पठाइ सकेको अवस्था छ भने अन्य घर फर्किएका गाउँपालिकाबासीहरुलाई क्वारेन्टाइनमा राखि समयवधि पूरा गरी ¥यापिड परीक्षण गरी भाइरस संक्रमित नदेखिएमा मात्र घर पठाइने भएको हुँदा गाउँमा भाइरस फैलियो भनेर चिन्ता लिन सम्पूर्ण गाउँपालिकाबासीहरुलाई समेत उहाँले अनुरोध गर्नुभयो । यो भाइरस सम्बन्धि नकरात्मक सन्देशहरुको न्यूनिकरणको निम्ति गाउँपालिकाले वडा कार्यालय र अन्य विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय सहकार्यमा जन्तासम्म पुगिरहेको समेत गाउँपालिका अध्यक्ष बुढामगरले बताउनुभयो ।


                                                                                   लुङ्ग्री गाउँपालिका कार्यालय, रोल्पा

                                                                                  गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्का
‘यो समयमा विभिन्न ठाउँबाट ९२ जना गाउँपालिकाबासीहरु घर फर्किएका सबै जनालाई क्वारेन्टाइनमा राखिएको छ,’गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले भन्नुभयो । लक डाउन पश्चात् घर फर्किएका गाउँपालिकाबासीहरुलाई क्वारेन्टाइनमा राखिएकाको ¥यापिड परीक्षण गरी घर पठाएको छ भने हाल १५२ जना गाउँपालिकाबासीहरु क्वारेन्टाइनमा राखिएको उहाँले बताउनुभयो । यस गाउँपालिकाबाट स्वदेशमा रोगजारीको शिलशिलमा करीव ४ जना गाउँपालिकाबासीहरु बाहिर हुँदा ति सबै घर फर्किने क्रममा जारी भएकोले घर फर्किने गाउँपालिकाबासीहरुको संख्या बढ्ने उहाँको धारणा थियो । गाउँपालिकाले जिल्ला बाहिरका गाउँपालिकाबासीहरुको संख्यालाई मध्येनजर गर्दै थप क्वारेन्टाइन निर्माणमा सक्रिय बनेको गाउँपालिका अध्यक्ष खड्काले जानकारी दिनुभयो । गाउँपालिकामा भित्रिने संख्याको आधारमा थप क्वारेन्टाइनको व्यवस्थापन भइरहेको हुँदा इमान्दारिपूर्वक क्वारेन्टाइनमा बस्न र अन्य गाउँपालिकाबासीहरुलाई संकटको समयमा त्रसिट नभई सजक पूर्वक बस्न उहाँले अनुरोध गर्नुभयो । क्वारेन्टाइनमा राखिएका गाउँपालिकाबासीहरुको ¥यापिड परीक्षणका लागि आवश्यक सामाग्री उपलब्धताका लागि सम्बन्धित निकायहरुमा समन्वय गर्दै आएको बताउनुभयो ।


                                                                               सुनछहरी गाउँपालिका कार्यालय, रोल्पा

                                                                                 गाउँपालिका अध्यक्ष आशबहादुर पुन
गाउँपालिका अध्यक्ष आशबहादुर पुनले भन्नुभयो,‘यस गाउँपालिकाबासीहरु घर पर्किएर क्वारेन्टाइनमा बसेका छन् भने आजै मात्र पोखराबाट २ सय जना गाउँपालिकाबासहिरु घर फर्किदै छन् । गाउँपालिकाले स्थानीयत स्रोत साधनको प्रयोग गरी क्वारेन्टाइनको व्यवस्थापन गरेको छ । तर, स्वदेशको विभिन्न ठाउँमा रोजगारीको शिलशिलमा करीव २ हजार ५ सयभन्दा बढि भएको हुँदा ति सबै घर फर्किने प्रयासमै भएकाले गाउँपालिकालाई व्यवस्थापनमा थप चुनौति थपिएको छ ।’ उहाँले भन्नभुयो,‘त्रिपालको क्वारेटाइन निर्माण गर्दा पनि मौसमी खराबीको कारण असम्भव छ भने विद्यालयहरुको क्वारेन्टाइनले मात्र अपुग भएकोले गाउँपालिको क्षमताभन्दा बढिको संख्या भएकोले सहयोगको लागि संघीय सरकार, प्रदेश सरकार, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय सहितका अन्य विभिन्न सरोकारवाला निकायहरुसँग गाउँपालिकाले समन्वय गर्दै आएको छ ।’ यो संकटको समयमा नोबेल कोरोना भाइरस (कोभिड–१९) प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संक्रमित हुन सक्ने भन्दै जनप्रतिधि र स्वास्थ्यकर्मीहरु असुरक्षित बनेको छौं । तर, गाउँपालिकाको स्रोत साधनबाट गाउँपालिकामा भाइरस नियन्त्रणका कार्यहरु तीव्र रुपमा अगाडि बढाएको उहाँले बताउनुभयो । उहाँले गाउँपालिकाले प्रत्येक वडामा यो समयमा घर फर्किएका गाउँपालिकाबासीहरुलाई वडा अध्यक्ष, वडा सदस्य सहित सरोकारवाला निकायहरुको सक्रियतामा क्वारेन्टाइनमा राख्दै आएको जानकारी दिनुभयो । गाउँपालिकामा भित्रिने संख्याको आधारमा थप क्वारेन्टाइनको व्यवस्थापन भइरहेको हुँदा इमान्दारिपूर्वक क्वारेन्टाइनमा बस्न र अन्य गाउँपालिकाबासीहरुलाई संकटको समयमा त्रसिट नभई सजक पूर्वक बस्न गाउँपालिका अध्यक्ष पुनमगरले बताउनुभयो ।


रोल्पा जिल्लाका ऊर्जा मन्त्री वर्षमान पुनमगरदेखि स्थानीयतहका प्रमुख तथा वडा अध्यक्षहरुले देखाएको सक्रियताले गर्दा आम रोल्पाली मजदुरहरुले निकै राहत पाएका छन् । त्यसैले रोल्पा जिल्लाका नागरिकसँग मन्त्रीदेखि वडा अध्यक्ष, प्रशासन, सुरक्षा निकाय पनि जनताकै पक्षमा काम गरेको पुष्टी हुन्छ । त्यसैले यसलाई निकै सकरात्मक रुपमा लिएर रोल्पालीहरुको आगमनले दर, भयावह होइन किन बाहिरबाट आएकालाई आत्मअनुसासनमा बसालेर व्यवस्थापन गर्ने तिर ध्यान दिनुपर्दछ । होम क्वारेन्टाइनभन्दा क्वारेन्टाइनमै राखेर रोल्पा र रोल्पालीलाई सुरक्षित राख्नुपर्दछ ।

You may also like